Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

फस्ट लुक : ‘मेरो बेस्ट फ्रेण्ड’

फिल्मीखबर, काठमाण्डौ, 2012/04/01

प्रशन्न पौडेलले निर्देशन गरेको फिल्म 'मेरो बेस्ट फ्रेण्ड' को प्रोमो रिलिज गरिएको छ । निर्देशक पौडेलले आफ्नै फेसबुक अकाउन्ट मार्फत प्रोमो रिलिज भएको घोषणा गरेका हुन् । रिलिज प्रोमो हेर्दा प्रशन्नले स्वर प्याटर्नलाई छोडेको देखिन्छ ।

रेश मरहठ्ठा, दिवस उप्रेती, प्रियंका कार्की, किरण लौचन र पूजा शर्मा अभिनित फिल्म मेरो बेस्ट फ्रेण्डले रिलिज डेट फिक्स गरिएको छैन । आशाबादी फिल्मस् प्रालीको ब्यानरमा प्रजिता बज्राचार्यले निर्माण गरेको सो फिल्ममा सुगम पोखरेल, प्रमोद खरेल र राजनराज शिवाकोटीको संगीत रहेको छ भने गीत भुपेन्द्र खड्काले लेखेका हुन् ।

अच्युत अधिकारीको पटकथा तथा संवाद रहेको सो फिल्मलाई बिदूर पाण्डेले खिचेका हुन् भने द्वन्द हिमाल केसीको रहेको छ । त्यसैगरी सम्पादन सुरेन्द्र पौडेल र व्याकग्राउण्ड म्युजिक सुजिल कर्माचार्यको रहेको छ । फिल्मलाई जेठको अन्तिम साता अमेरिकामा प्रिमियर गरेर मात्र नेपालमा रिलिज गरिने छ ।

 

अमेरिकामा फिल्मको प्रिमियरसँगै प्रशन्नले नयाँ फिल्मको पनि सुटिङ गर्नेछन् । जसका लागि उनले स्क्रिप्ट राईटर अच्युत अधिकारीलाई अमेरिका पठाई सकेका छन् भने रेशको साथमा केहि कलाकार लिएर आफू पनि केहि दिनमा अमेरिका उड्नेछन् । फिल्मको अधिकांश भागको छायाँकन अमेरिकाम नै गरिने प्रशन्नले बताए ।