मिति : २०८२ ज्येष्ठ ५, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सुनिल थापा महाखलनायक : भुवन केसी

फिल्मीखबर, काठमाण्डौ, 2012/03/31

नायकहरुको सुचिमा राजेश हमाल महानायकले परिचित छन् । फिल्मी प्रोग्राम रजतपटले दिएको महानायकको पदलाई स्वयम हमालले मात्र स्वीकारेनन् अधिकाश चलचित्रकर्मीले पनि हमाललाई दिएको सो बिशेषणलाई स्वीकारे त्यसैले त हमाल यो उद्योगमा महानायकले परिचित छन् ।

सिनेमा लाईनमा बिशेषणको कुरा गर्ने हो भने नयाँ पुस्तामा आर्यन सिग्देल चकलेटी हिरोले परिचित छ
न् भने राजबल्लभ कोईराला लभर ब्यायले चिनिएका छन् र जीवन लुईटेल ह्याण्डस हिरोले परिचित छन् । त्यस्तै पुराना पिढिका हिरो शिव श्रेष्ठ ठूल्दाईले परिचित छन् भने भुवन केसी एभरग्रिन बिशेषणले परिचित छन् । स्टाईल र ड्रेसअप होस त भुवन केसीको जस्तो भन्ने उदारहणमा सधै अब्बल देखिने भुवनले आफूले पाएको सदाबहारको ट्यागलाई साईडमा राख्दै सिनियर आर्टिष्ट सुनिल थापालाई महाखलनायकको बिशेषण दिएका छन् ।

शनिबार काठमाण्डूको बौद्ध स्थित हायत ग्राउण्डमा आयोजित एसएलसी रिफ्रेसमेन्ट कार्यक्रममा बोल्दै भुवनले थापालाई मासको अगाडी महाखलनायक भनी विशेषण दिदा तालीको पर्रा छुटेको थियो । जवाफमा सुनिल थापाले डेब्यू फिल्म चिनोमा  रातेका
लाले बोलेको एक डाईलगलाई त्यही तुरुन्त फर्काएका थिए । कार्यक्रममा सुमिना घिमिरेले पनि सुनिल थापालाई महाखलनायक भनी सम्बोधन गरेकी थिईन् ।

साथी म तिम्रो रिलिज ह्याङ ओभरबाट केही फ्रेस  देखिएका भुवनले बैशाख महिना देखि नयाँ फिल्म निर्माणमा जाने पनि सोही माहोलमा घोषणा गर्दै फिल्म विद्यामा क्वालिटी भएका नयाँ अनुहारलाई चान्स दिने पनि बताए ।
तीन दशकको करिअरमा अधिकांश फिल्ममा नेगेटिभ क्यारेक्टरमा देखिएका सुनिल थापालाई भुवनले संगै काम गरेको फिल्म चिनोको याद स्वरुप महाखलनायकको ट्याग दिएका हु
न्