मिति : २०८२ ज्येष्ठ ५, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

निखिलका दुई पत्नीको सन्तान जन्माउने होडबाजी

फिल्मीखबर, काठमाण्डौ, 2012/03/31

दुई श्रीमतीको पोई कुना पसी रोई भन्ने उखानलाई साईड लगाउदै निखिल उप्रेती बेला बेलामा नेपाल आईरहन्थे । गर्लफ्रेण्ड संचिता लुईटेलसंग बिहे नगरी छोराको बाबु बने पछी सो खबरसंगै निखिलको पनि सर्वत्र चर्चा  भयो ।

एकातिर घरको वाईफलाई बिर्सीएर संचिताको प्रेम रसमा हराएपछी निखिल उद्योगबाट समेत हराएको स्थिति आयो तर बेला बेलामा झुल्के घाम जसरी निखिल मुम्बईबाट नेपाल फर्किएपछी संचिता र कोपिला उप्रेती (निखिलको पहिलो श्रीमती ) को सित युद्धले मिडियामा राम्रै स्थान पायो । यति सम्मकी मिडियामा धाएर आफू निखिलको वाईफ भएको समेत भन्न पछि परिन
न् संचिता । यसरी समय वित्दै गयो निखिलको कोखबाट संचिताको पहिलो सन्तान पनि जन्मियो तर त्यो सन्तान जन्मिएको तीन महिना हुन नपाई संचिता फेरी प्रेगनेन्ट भएको खबर बाहिरिएपछी  पछिल्लो केही साता यो बिषय पनि ठूलै न्यूज म्याटर बन्यो । 

संचिता जो तीन महिने संगीनी सुईको एम्बेसडर थिई
न् तर उनीनै संगीनी सुईको बिषयमा जानकार नभई छोटो पिरियडमा प्रेगनेन्ट भएको खबरले निकै आलोचित पनि भईन् । यो त भयो संचिता तर्फको कुरा अब जोडौ कोपिला तर्फको  । करिअर नै बर्बाद हुने गरी आफ्नो हजबेण्डलाई आफूबाट अलग गराएपछी कोपिलाले श्रीमान् पाऊ भन्दै विभिन्न हार-गुहार गरिन्त्यतिकैमा मुम्बइमा रहेकी संचिता नेपाल आईन् तव निखिल पनि केही हप्ताका लागि नेपाल आए त्यतिबेला निखिलले दुई श्रीमतीलाई फकाएर राख्ने प्रयास पनि गरे । तर फकाउने बिषयमा असफल हुदा  कोपिलाको निवासमा जादा संचितालाई नभेटेको बताउने अनि संचितालाई भेट्न जादा कोपिलालाई नभेटेको बताउने निखिल यति खेर पुनः अर्को सन्तानको बाउ बन्दैछन् ।

हुन त यो बिषयमा दोष निखिलको मात्र हैन उनीहरुको दुई श्रीमतीको प्रतिष्पर्धा नै हो भन्ने अनुमान पनि काटिएको छ । किन कि अहिले निखिलको पहिलो पत्नी कोपिला पनि प्रेगनेन्ट भएको खबर मिडियामा दिन पछि परेकी छैनन् । सौता संचिताले धमाधम बच्चा जन्माएको खबरबाट ब्याकुल भएकी कोपिलाले संचितालाई देखाउन फेरी बच्चा जन्माउने तयारी गरेकी  छिन् । फिल्मीखबरसंगको कुराकानीमा कोपिलाले अति पस्रनल कुरा आफू प्रेगनेन्ट भएको बताई
न् । उनले भनिन्- 'मुम्बई गएको बेला प्रेगनेन्ट भईएछ के गर्ने के दिमागले काम गरिरा छैन ।'

आफ्नो गर्भमा अहिले दुई महिनाको बच्चा हुर्किरहेको कोपिलाले बताई
न् । उनले भनिन्- 'निखिल जीको बारेमा तपाईहरुलाई थाहै छ तर पनि संयोगबस बसेको यो बच्चलाई जन्माउने कि नजन्माउने भन्ने बिषयले टेनसन गराईरहेको छ ।'  बिषय प्रेगनेन्ट भयो वा भएन भन्ने हैन तर निखिल जो आईडल पर्सन हुन उनले होसियारी नगर्दा उनी सन्तानको बिषयले थप आलोचित भएका छन् ।

 

उता निखिललाई आफ्नो मात्र श्रीमान बनाउने होडबाजी हुदा कोपिला र संचिता प्रेगनेन्ट बन्ने प्रतिष्पर्धाबाट के पुष्टी भएको छ भने निखिल गेम खेल्न निकै सिपालु रहेछन् । तर फिल्ममा हिम्मतका साथ हिरोजम देखाउने निखिलले दुई श्रीमतीलाई सम्हालेर राख्न नसक्दा उनी रियल लाईफको हिरोको रोलमा भने फेल खाएका छन् ।