
हरेक बर्षको अप्रिल फूलमा तपाईले अरू कसैलाई ठगेर मुर्ख बनाउन भ्याउनु भएको होला । अप्रिल फूल भन्दै तपाईले सो दिन ईन्जोय पनि गर्नु भएको होला र सो दिन अरूलाई निकै दुःख दिनुभएको पनि होला ।
चाहे जे सुकै होस कसैलाई ठग्दा कसरी असर पर्छ र त्यसको परिणाम के हुन्छ वा भनौ एक छिनको ठगाईले कति रमाईलो गर्न सकिन्छ भन्ने उद्देश्य सहित भद्र भुजेलले कमेडीमा आधारित फिल्म अप्रिल फूल निर्देशन गर्ने तयारी गरेका छन् । यस अघि मलाई मन पर्यो नामक फिल्म निर्देशन गरेका भुजेलले बैशाखदेखि छायाँकनमा जाने गरि फिल्मको गीत रेकर्डिङ कार्य शुरू गरेका छन् ।
चलचित्रको मोड परिवर्तन भैरहेको अवस्थामा अंग्रेजी नामहरू राख्ने प्रचलन अनुरूप भद्रले पनि आफ्नो फिल्मको नाम अप्रिल फूल राखेका हुन् । फिल्ममा कलाकार देखि टेक्निसियन सवै नयाँ राखिने भद्रले जानकारी गराए । मुस्कान ढकालको कथा रहेको सो फिल्मलाई केशव लामिछाने, कमल लामिछाने र सन्दिप भुसालले निर्माण गर्न लागेका हुन् ।
पटकथा सम्बाद प्रकाश पुरीले लेखेका छन् भने एक गीत रचना सहित संगीत दीपक शर्माको रहनेछ । फिल्मका लागि निर्देशक शिव रेग्मी र पत्रकार शान्तिप्रियले पनि गित लेखेका छन् जसमध्ये प्रियले लेखेको गित 'तेरो मेरो पिरती भयो कस्तो कस्तो...' रेकर्डिङ भैसकेको छ । अप्रिल फूल बनाउन लागेका भद्रले दर्शकलाई भने अप्रिल फूल नमनाउन् हाम्रो शुभकामना !