मिति : २०८२ ज्येष्ठ ५, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बैज्ञानिक छैन म्यूजिक लन्च

फिल्मीखबर, काठमाण्डौ, 2012/03/30

नेपालमा फिल्मको म्यूजिक लन्च बैज्ञानिक ढङ्गले गरिएको पाईदैन जुन निरन्तरतामा शुक्रबार ईकु ब्याक अगेन पनि देखियो । टेलिभिजन र यु ट्यूबमा महिनौ अघि देखि घन्किएको गितलाई रिलिजको छेको पार्दै म्यूजिक लन्च गरिने यहाँको प्रचलनमा फिल्मीखबरले नोट गरेको हो ।

यहाँ त्यस्ता धेरै फिल्म मेकरहरु छन् जो फिल्मको बैज्ञानिक ढङ्गले म्यूजिक लन्चमा चासो दिदैनन् । विशेषत  कुन फिल्मी प्रोग्राम कति हिट छ भन्ने बिषयमा ज्यादा केन्द्रित हुँदा म्यूजिक लन्च अगावै सिनेमाको म्यूजिक सार्वजनिक गर्न उनीहरुले टेलिभिजनका हिट प्रोग्राममा आँखा  लगाउने गर्दछ
न् । जुन एक हदसम्म जायज पनि हो । तर टेलिभिजनमा प्रिमियर भैसकेको गितलाई फेरी म्यूजिक लन्च कार्यक्रम राख्दै  तिनै संगीत प्रिमियर गरिनु पक्कै पनि बैज्ञानिक नभएको  फिल्मीखबर टिप्पणी गर्छ ।


सागर लामिछानेको निर्देशनमा बनेको ईकु ब्याक अगेन आउदो बैशाख १५ देखि देशब्ययापी रिलिज हुदैछ जसको म्यूजिक यस अघि टेलिभिजन र यु ट्युवबाट सार्वजनिक गरिसकिएको छ तर शुक्रबार तिनै संगीतलाई मिडिया सामु लन्च गरिएको छ । काठमाण्डूको नक्साल स्थित बाल मन्दिरका ६० जना अनाथ बालबालिकाको उपस्थितिमा फिल्मको म्यूजिक लन्च गरिएको हो ।

 

सार्वजनिक गितमा विपिन आचार्यको संगीत छ भने विपिनको श्रीमती समेत रहेकी गायिका माण्डवी त्रिपाठी तथा राजेश पायल राईले स्वर दिएका छन् । गितलाई दयाराम पाण्डेले लेखेका हुन् । फिल्ममा  सुलेमान शंकर ईकु प्रमुख भूमिकामा छन् भने आफ्नी श्रीमती जयालाई पनि उनले प्रमुख भूमिकामा प्रस्तुत गरेका छन् । शिवम अधिकारीले लेखेको  फिल्ममा क्याराभान हिरो थिन्ले लोन्डुप लामा, रवि डङगोल तथा बिष्णु सापकोटा पनि प्रमुख भूमिकामा छन् ।