आज शुक्रबारबाट शोभित बस्नेत निर्देशित फिल्म 'दुलही रानी', उदय सुब्बा निर्देशित फिल्म 'अमर प्रिती' र गोबिन्द गौतम निर्देशित फिल्म 'विरासत' गरि तीन फिल्म प्रदर्शनमा आएका छन् ।
सामाजिक कथाबस्तु बोकेको फिल्म 'दुलही रानी' देशभरका ७२ पर्दामा स्क्रिनिङ भईरहेको छ भने 'अमर प्रिती' करिब ५ दर्जन पर्दामा स्क्रिनिङ भईरहेको छ । यस्तै मोफसलबाट प्रदर्शनको शुरूवात गरेको 'विरासत' करिब तीन दर्जन पर्दामा स्क्रिनिङ भईरहेको छ । 'दुलही रानी' लाई निर्माता तथा निर्देशक शोभित बस्नेतले नै बितरण गरेका हुन् भने क्यू सिस्टमबाट प्रदर्शनमा आएको 'अमर प्रिती' लाई डिसिएनले बितरण गरेको हो । यता 'विरासत' लाई निर्माता रिमेश अधिकारीले नै वितरण गरेका हुन् ।
'दुलही रानी' जयकिशन बस्नेत, रागिनी खड्गी, मुकेश आचार्य, पेशाल कटुवाल, जिके शर्मा, सबिना कार्की, रबिन्द्र खड्का, मौसमी मल्ल लगायतका कलाकार अभिनित फिल्म हो । फर्मुला फिल्म 'अमर प्रिती' मा बिराज भट्ट, अरुणिमा लम्साल, दिलिप रायमाझी, लगायतले अभिनय गरेका छन् भने अर्को फर्मुला फिल्म 'विरासत' मा भुवन केसी, सिर्जना बस्नेत, सोनिया केसी, जिके शर्मा लगायतले अभिनय गरेका छन् ।

