Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रावण रिलिज डेट हेरफेर

फिल्मीखबर, काठमाण्डौ, 2012/03/29

चैत्र २७ गतेका लागि देशब्यापी  रिलिज डेट तोकिएको रावण सो मितिमा एक साथ रिलिज नहुने भएको छ ।

नयाँ बर्ष २०६९ को चार दिन अघिको मौकालाई क्यास गर्ने उद्देश्य सहित रेखा फिल्मसले रावणलाई शुक्रबारे रिलिज प्रणालीको चार दिन अघि नै देशब्यापी रिलिज गर्ने तयारी गरेको थियो तर विविध कारणले चैत्र २७ को राजधानी रिलिज स्थिगित गर्दै चार दिनको फरकमा रावण देशब्यापी रिलिज गरिने प्रोड्यूसर छवि ओझाले जानकारी गराए ।

छविले भने, 'राजधानीमा पनि चैत २७ गते नै रिलिज गरिने कुरा थियो तर सवै पक्षको छलफलबाट राजधानी रिलिज भने बैशाख एक गतेलाई सारेका छौ ।'  चार दिनको फरकमा रिलिज हुने रावणलाई  डिसिएनले आफ्नो सर्भर जडान सवै थिएटरमा रिलिज गर्ने छ  । यस्तै बैशाख एक गतेदेखि नियिमत रिलिज प्रणालीबाट पनि रावण राजधानीका मेजर हलहरुमा रिलिज गरिने छविले जानकारी गराए ।

कलाकार कमलकृष्ण पौडेलले डेब्यू फिल्मको रुपमा निर्देशन गरेको सो फिल्म फर्मुला शैलीको हो जहाँ रेखा थापा, सविन श्रेष्ठ र किशोर खतिवडा लिड रोलमा छन् । सविन यस अघि रेखा फिल्मसकै अन्दाज डेब्यू हिरो हु
न् भने किशोर सोही ब्यानरको कस्ले चोर्यो मेरो मनमा नेगेटिभ क्यारेक्टरमा आफूलाई प्रस्तुत गरिसकेका कलाकार हुन् तर रावणबाट किशोरले हिरोको ट्याग पाएका छन् ।