Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आचार्यको म्युजिकल लभ स्टोरी 'रिदम'

फिल्मीखबर, काठमाण्डौ, 2012/03/29

संगीतमा कुनै कम्प्रमाईज नगर्ने निर्देशक विकाश आचार्यले यस पटक ७ वटा गीत समावेश गरेर म्युजिकल लभस्टोरी फिल्म 'रिदम' निर्माण गर्ने भएका छन् । यसका लागी उनले डा. कृष्णहरि बराललाई गीत लेख्न दिएका छन् भने संगीतकारमा बसन्त सापकोटालाई रोजेका छन् ।

 

आफ्नै लेखन र निर्देशनमा बन्ने सो फिल्मको छायाँकन डेट केहि दिनमा फिक्स गरिंदैछ । दुई नवनायिकाको खोजी गरिरहेका आचार्यले स्क्रिप्ट सुहाउँदो नायिका भेट्ने बित्तिकै सुटिङ डेट फाईनल गर्ने बताए । आफ्नै व्यानर वन टाईम सिनेमाले निर्माण गर्ने फिल्मको मुख्य भुमिकामा नायक जीवन लुईटेल भने फाईनल नै छन् ।

 

यसअघिका दुई फिल्म नाइ नभन्नु ल, म तिम्रो भईसकेंका गीतसंगीतले जसरी मार्केट तताए त्यसैगरी रिदमका गीतसंगीतले पनि मार्केट तताउनेमा उनी बिश्वस्त छन् । आचार्य भन्छन्, 'फिल्म त राम्रो बनाउँछु नै संगीतमा पनि कुनै कम्प्रमाईज गर्दिन । जसरी अगाडीका मेरा फिल्मले सांगितिक बजार तताए त्यसैगरी आउने फिल्मले पनि बजार तताउने छ ।'

 

चैत्र २४ गते 'म तिम्रो भईसकें'

यता बिकासले निर्देशक गरेको फिल्म 'म तिम्रो भईसकें' चैत्र २४ गतेबाट राजधानीका सिनेमा घरमा प्रदर्शन हुने भएको छ । निर्देशक आचार्यले दिएको जानकारी अनुसार फिल्म सम्भवत: सिङ्गल रिलिज हुनेछ । क्यु सिस्टमबाट चैत्र १७ गते रिलिज हुने सिनेमा अमर प्रितीले दुई साता होल्डओभर कायम गरेका म तिम्रो भईसकें सिङ्गल रिलिज हुनेछ नत्र क्यूबाट आउने अर्को फिल्मसँग सामना गर्नुपर्ने हुन्छ । फिल्ममा जीवन लुईटेल, ऋचा सिंह ठकुरी, बिज्ञान सापकोटा र अयुब केसीको मुख्य भुमिका रहेको छ ।