Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

लास्ट किसले तान्ला दर्शक ?

फिल्मीखबर, काठमाण्डौ, 2012/03/29

सेक्सका कन्टेन्ट बिक्छ भन्ने मान्यताले गर्दा पछिल्लो समय फिल्मकर्मीहरू आफ्नो फिल्ममा सेक्सका कन्टेन्टलाई बिशेष प्राथमिकता दिन थालेका छन् । फिल्ममा प्रचलनमा आएका छाडा शब्द तथा भल्गर सिनले दर्शक तान्ने भ्रममा अझै पनि फिल्मकर्मीहरूमा देखिन्छ ।

 

फिल्मकर्मीहरू लूट चल्नुको मुख्य कारण मध्यको एक त्यस भित्र प्रयोग गरिएका छाडा शब्द पनि हो भने चपली हाईटको कन्टेन्टलाई त सेक्स कै म्याटर बनाएर बिकाईयो भलै जति दर्शकले अपेक्षा गरे त्यो अनुसारको सिन फिल्ममा प्रयोग गरिएको थिएन । केहि भल्गर लाग्ने सिनलाई सेन्सर बोर्डले उडाई दिएपछि चपली हाईट भल्गर हुनबाट बच्यो तर पनि सेक्सुअल सिनले दर्शक उन्मात भने भएकै हुन् ।

 

यहि क्रममा दर्शककाई सेक्सुअल सिन र डाईलगले तताएर पैसा कमाउन ध्येयमा फिल्म 'द लास्ट किस' पनि परेको छ । केहि समय अगाडी सार्वजनिक गरिएको सो फिल्मको प्रोमोले नै प्रस्ट्याउँछ कि पूरै फिल्म नै छाडा छ । समिक्षकहरू थोरै बजेटमा सस्तो प्रचार गरेर फिल्म चलाउन लागेको बताए पनि निर्माण युनिट भने पैसा कमाउने कुरामा ढुक्क छ ।

 

अहिले सामाजिक सञ्जाल फेसबुकमा यो प्रोमो निकै हिट पनि छ । दर्शकले फिल्म हेर्लान नहेर्लान आफ्नो ठाउँमा छ तर थाहा पाएका जतिले प्रोमो भने एक पटक हेरेकै हुन्छन् । युनिट पनि यहि भन्छ- 'प्रोमो एक पटक हेर्न खोज्नेले फिल्म पनि एक पटक हेरि हाल्छन् ।' अब तपाईं नै भन्नुस् यो प्रोमो हेरेर दर्शक हल सम्म पुग्लान् त ?