Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नेफ्टा अवार्डको सम्पूर्ण तयारी पूरा

फिल्मीखबर, काठमाण्डौ, 2012/03/28

चलचित्र प्राविधिक संघको आयोजनामा शनिबार हुन लागेको पाँचौ संस्करणको नेफ्टा अवार्डको सम्पूर्ण तयारी पूरा भएको छ । कार्यक्रमलाई भब्य ढङ्गले सफल बनाउने तयारीका साथ ब्यस्त रहेको प्राविधिक संघले बुधबार नोमिनेशनमा पर्न सफल चलचित्रका कलाकार तथा प्राविधिकहरूलाई प्रमाण पत्र वितरण गर्दै अवार्ड तयारी पूरा भएको जनाएको हो ।

३४ बिधाका लागि ४७ वटा फिल्म प्रतिष्पर्धामा रहेको यस बर्षको अवार्डमा दुई वटा फिल्म दासढुङ्गा र फष्टलभले चित्त नबुझाउदै अवार्ड बहिस्कार गरे पनि ती फिल्म पनि प्रतिष्पर्धामा रहेका छन् । अध्यक्ष सन्तु तामाङका अनुसार औपचारिक रूपमा फिल्म निर्माण गरेको कम्पनीले संघलाई सहभागी नहुनका लागि पत्र नदिएकाले फष्टलभ र दासढुङ्गालाई प्रतिष्पर्धाबाट बाहिर नराखेको बताए । उनले भने, 'प्रेस रिलिज सार्वजनिक गरेर उहाँहरूले अवार्ड बहिस्कार गर्ने जनाए पनि आधिकारिक रूपमा संघमा पत्र नआएकाले हामीले ति सिनेमालाई बाहिर राखेका छैनौं ।'

 

यस्तै जुरी मध्येका एक विजयरत्न तुलाधारले जुरीहरूको तर्फबाट हरेक सिनेमालाई न्याय संगत अंक दिएको बताए । तर अवार्डबाट चित्त नबुझाउदै फष्टलभ र दासढुङ्गाको असन्तुष्टीलाई उनले भिन्न शैलीले तर्क गरे । उनले भने- 'ब्यावसायिक रूपमा फष्टलभ हिट भयो भनेर अवार्डमा पनि त्यस्तै अपेक्षा गरिनु गलत हो । फिल्मलाई धेरै प्रकारले समिक्षा गरिन्छ त्यो कुरा फिल्म मेकरहरूले बुझ्नु पर्‍यो तर दासढुङ्गाको हकमा भने उनीहरूको तर्क सहि छ ।'

दासढुङ्गा उत्कृष्ट पाँच फिल्मको लिष्टमा परे पनि अन्य बिधामा नपर्दा नेफ्टाको नोमिनेशन प्रक्रिया बैज्ञानिक नभएको भन्दै बाहिरिएको हो । यस्तै यहि बिषयमा कुरा गर्दा दासढुङ्गा निर्देशक मनोज पण्डितले मिडियामा समाचार आईसकेपछी पत्र दिन जरूरी नठानेको बताउछन् । जुरीहरूमा बिजय रत्न सहित, भरत शाक्य, प्रभाकर देव शर्मा, बिशेष श्रेष्ठ र जावेद शाह रहेका छन् ।



फाईभ स्टार होटल सोल्टी क्राउन प्लाजाबाट कक्टेल डिनर सहित टिटीभीबाट लाईभ प्रसारण हुने कार्यक्रममा सिनेमा क्षेत्रका प्राय सवै सेलिब्रेटीलाई निम्तो दिएको महासचिव अनन्त तिमिल्सनाले बताए । उनले भने- 'महजोडी ईलाममा भएकाले उहाँहरू आउन सक्नु हुन्न होला । त्यस्तै निर्देशक तुलसी घिमिरे आज सिक्किम जानु भएकाले उहाँ पनि उपस्थित हुन सक्नु हुन्न होलाबाकी सवैलाई निम्ता दिने प्रयास गरेका छौ ।' अनन्तका अनुसार साढे तीन बजे देखि साढे सात बजे सम्म हुने कार्यक्रममा सुरूको डेढ घण्टा रेड कार्पेट वेलकम कार्यक्रम पनि राखिएको छ ।


कार्यक्रममा राजेश हमाल देखि रेखा थापा र नयाँमा हर्षिका श्रेष्ठ समेतले आफ्नो प्रस्तुती राख्ने छन् । हमालले कमेडी गितमा डान्स देखाउने छन् भने रेखाले गीत गाउने छिन् । यस्तै कार्यक्रममा अरूणिमा लम्सालले आफूले अभिनय गरेको फिल्म दीपशिखा र रेजिना उप्रेतीले धर्माको आईटम गीतमा डान्स देखाउने छिन् ।