Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नेत्र हिनको सहयोगार्थ 'सम्झिराख है' को च्यारिटी

फिल्मीखबर, काठमाण्डौ, 2012/03/28

नेपाल एकिकृत नेत्र हिन संघको सहयोगार्थ फिल्म 'सम्झिराख है' को च्यारिटी शो गरिने भएको छ । चैत्र २४ गते शुक्रबारका दिन बिहान ८ बजे काठमाण्डौको अष्टनारायण हलमा चलचित्रको च्यारिटी शो गर्न लागिएको निर्देशक रिम बिश्वकर्माले जानकारी गराए ।

 

रेडलाईन फिल्मसको व्यानरमा कविता खकुरेलले निर्माण गरेको उक्त फिल्म बैशाखको दोस्रो साताबाट नेपालभर एकसाथ रिलिज हुने बताईएको छ । नेपाली वीर निर्देशन गरेका रिमको  'सम्झिराख है' दोस्रो फिल्म हो जहाँ उनले सुमन सिंहसँग नायिका अस्मिता कडेंललाई पहिलो पटक अनस्क्रिन रोमान्स गराएका छन् ।

 

रोमान्टिक प्रेमकथामा आधारित फिल्ममा जिके शर्मा, गणेश गिरी, रविन्द्र खड्का, शुशिल पोखरेल लगायतले पनि अभिनय गरेका छन् । यसै फिल्मबाट दिपक शर्माले संगीतकारको ट्याग भिरेका छन् । रिम बिश्वकर्माको कथा रहेको फिल्ममा यम आलेको छायाँकन, राम जनकको द्वन्द तथा तारा थापाको सम्पादन रहेको छ । चलचित्रमा नायक नायिकालाई नचाउने काम दिनेश अधिकारी र साईमनले गरेका छन् ।