Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मायाज बार हिरो घाईते

फिल्मीखबर, काठमाण्डौ, 2012/03/28

बक्सिङ सिनको सुटिङ भैरहदा मायाज बार डेब्यू हिरो गजित बिष्ट घाईते भएका छन् । एनबी महर्जनको डाईरेक्सनमा फाईटको सिक्वेन्स खचिरहदा  गजितको खुट्टा मर्किएपछी सुटिङ प्रभावित भएको छ ।

 

निर्देशक दिनेश डिसीका अनुसार तीन दिने बेड रेष्टका लागि गजित घरमा थन्किएका छन् जसकारण गजितको सिक्वेन्स खिच्न तीन दिन लम्बिएपछी केहि बजेट थप हुने भएको छ ।  डिसीले भने- 'दशरथ स्टेडियमको कर्वड हलमा भब्य लाईट लगाएर सेट तयार गरिएको थियो तर घाईते भएपछी गजित तीन दिन घरमै बस्नु पर्ने भएकाले निर्माताले घाटा सहनु पर्ने भएको छ  ।'

एक साता अघि मात्र विना रेष्ट ४८ घण्टा सम्म निरन्तर काम गरेका कारण ठूलो दुर्घटनाबाट जोगिएको प्रसङ्ग जोड्दै डिसी भन्छन्, 'दशा नै लागेको छ कि क्या हो गजित घाईते हुनु अघि दुई जना फाईटरहरूको पनि आँखामा गहिरो चोट लागेको छ ।' सुनिल मानन्धरको लगानीमा निर्माण भैरहेको सो फिल्ममा निशा अधिकारी, करिश्मा मानन्धर र राजेश हमाल पनि लिड रोलमा छन् । फिल्मको  छायाकंन ८० प्रतिशत सकिएको छ ।

 

मायाज बार सकिएको पन्ध्र  दिनको ग्याप पश्चात डिसीले 'प्यास' भन्ने फिल्म निर्देशन गर्दैछन् जसको बजेट पाँच करोड रहने बताईएको छ । उक्त फिल्मको अधिकांश सुटिङ दुबईमा गरिने भएको छ ।