
दर्पणछायाँ डेब्यू हिरो उत्तम प्रधानलाई त्यो बेला नचिन्ने सायदै थिएनन् होला । दर्पणछायाँ रातारात हिट भए लगत्तै उत्तम पनि हिट भए । दिलिप रायमाझीसँग को-एक्टर भएर काम गरेका उत्तमले त्यसपछि पनि थुप्रै फिल्ममा लभर व्याय भएर काम गरे तर दर्पणछायाँले जस्तो हाईट अरू फिल्मले दिन सकेन उनलाई ।
सोचे अनुरूपको प्रतिफल पाउन नसके पछि उत्तम लामो समय फिल्मी दुनियाँबाट टाढा रहे । तर अब उनी दर्पणछायाँ पछि हराएको आफ्नो क्रेजलाई जगाउन 'इशारा' फिल्म मार्फत जुरमुराएर आउँदैछन् । कुशल अभिनेता मानिने उत्तम यो फिल्मबाट निकै आशावादी पनि रहेको बताउँछन् । दर्शकले भुलि सकेका यि अभिनेतालाई किन कमव्याक गराईयो त ? निर्देशक सबिर श्रेष्ठ मन्द मुस्कानका साथ भन्छन्, 'इशारामा एउटा यस्तो पात्र थियो जसलाई न्याय उत्तमले गर्न सक्ने देखेर मैले कमव्याक गराएको हुँ ।' निर्देशक तुलसी घिमिरेले डेब्यू गराएका यि अभिनेतालाई पुन : सबिरले कमव्याक गराएको कुरालाई स्विकार्दै थप्छन्, 'उत्तम जी राम्रो कलाकार हो । उहाँले जस्तो सुकै चरित्रलाई न्याय गर्न सक्नुहुन्छ ।'
इशारामा नायिका रेखा थापाको अनस्क्रिन जोडी भएका यि लभर व्यायले निर्देशकले भने अनुसार कत्तिको चरित्रमा डुबेर काम गरेका छन् त्यो केहि समय पछि थाहा हुनेनै छ । आशा गरौं यहि फिल्मबाट उत्तमले आफ्नो गुमेको क्रेजलाई पुर्नजाग्रित गर्नेछन् । शुभकामना !