
पक्कै पनि फिल्म ईन्डष्ट्रीमा सफलताको बाताबरण सुरू भए लगत्तै चलचित्रकर्मीका सन्तानले पनि यो पेशामा लाग्ने ईच्छा देखाएका छन् । जसको पछिल्लो उदाहरणमा खलनायक पुष्कर भट्टका छोरा दिपक भट्ट पनि देखा परेका छन् ।
चार बर्षको अवधिमा ६० भन्दा बढी नेपाली फिल्म, ८ वटा भोजपुरी र पछिल्लो पटक हर्के हवल्दारमा नेगेटिभ क्यारेक्टरमा रूचाईएका पुष्करले आफ्नै लगानीमा छोरालाई हिरोमा डेब्यू गराउन लागेका हुन् । विविएस फष्ट ईयरमा अध्यनरत उनका छोरा दिपक २० बर्षका छन् जो फिल्मी इन्ट्री मार्दै हिरोको ट्याग भिर्ने धुनमा छन् । 'आफ्नै लगानीमा फिल्म बनाउदैछु त्यसैले सो फिल्मबाट छोरालाई पनि हिरो बनाउने सोच बनाएको हो । जसका लागि उसले दिनरात मेहनत पनि गरिरहेको छ', पुष्करले बताए ।
पुष्करको माईलो छोरा विवेक बाल कलाकारको रूपमा जमिसकेका छन् । जसको पहिलो फिल्म म विर्सु कसरी हो भने रिलिज हुन लागेको विरासत र रंङमा पनि उनी बालकलाकारको भूमिकामा खेलिसकेका छन् । फिल्मको टाईटल जुराउन बाकी रहेको बताउदै पुष्करले हेटौडा एफएमका आरजे सिमोन न्यौपानले स्क्रिप्ट तयार गरिरहेको बताए । कस्तो होला त छोराले डेब्यू गराउने सिनेमा भन्दा उनले भने, 'पूर्ण रूपमा कमर्सियल हुन्छ । विशेषत एक्सनलाई अलि बढी जोड दिन्छौ होला ।' सिनेमामा बाबु छोराको फाईटलाई प्राथमकिताका साथ राखिने उनले बताए । उनले भने, 'रियल लाईफमा म उसलाई कहिलेकाही लात्ताले हान्थें अब रिल लाईफमा उसले मलाई हान्ने भो ।'
निर्देशक शंकर घिमिरेसँग निकट रहेका पुष्कर मंगलबार परेको शंकरको ३० औं जन्मदिनको अबसरमा भन्दै थिए, 'उपहार स्वरूप यो फिल्म उहाँलाई नै निर्देशन गर्ने सोच आएको छ तर फिक्स छैन ।' आफ्नो मसलेदार चलचित्रलाई कस्ले निर्देशन गर्ला भन्ने बिषयको टुङगो अलिक दिन पछि लाग्ने पुष्करले बताए । छोरालाई हिरो बनाउन प्रोड्यूसरको समेत ट्याग भिर्न लागेका पुष्कर सिनेमाको बजेट ४० लाख भन्दा बढी नहुने बताउछन् । सिनेमा बैशाख महिनाबाट छायाँकंनमा जाने प्रबल सम्भावना रहेको उनले बताए ।