मिति : २०८२ ज्येष्ठ ४, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

समन र रिमेशको लफडा मिल्यो

फिल्मीखबर, काठमाण्डौ, 2012/03/27

काम गरि सकेपछि सबैलाई नामको आश हुन्छ नै । अझ यो रजतपटमा त दाम भन्दा पनि नामको लागि काम गर्नेहरू धेरै छन् । त्यसैले आफूले गरेको काममा नाम नआउँदा चित्त दुख्नु स्वाभाविक नै हो । यहि चित्त दुखाईमा परेका छन् करियोग्राफर समन अधिकारी ।

 

चैत्र १७ गते सार्वजनिक हुन लागेको चलचित्र 'विरासत' मा समनले एक गीतमा करियोग्राफी गरेका थिए । भारतको नैनी ताल र नेपालका केहि सुन्दर लोकेशनमा नायिका सोनिया केसी र नवनायक जिके शर्मालाई समनले नचाएका हुन् । तर निर्माता रिमेश अधिकारीले उक्त गीतमा आफ्नो नाम नराखे पछि समनले चित्त दुखाएका हुन् । तर समनको चित्त दुखाई भने धेरै दिन टिकेन किनकी अहिले निर्माता र समन बिच कुरा मिलिसकेको छ ।

 

रिमेशकै चलचित्र 'बसमा छैन यो मन' मा करियोग्राफी गरेका समनलेको नाम रिमेशले किन राखेनन् भन्ने कुरा रहस्यमा नै छोडिएको छ । बिबादको बारेमा रिमेश भन्छन्, 'एउटै परिवार भित्र रहेर काम गर्दा ठाकठुक त परिहाल्छन् नि तर कुरा खासै ठूलो हैन ।' केहि गल्ति आफूबाट र केहि गल्ती समनबाट भएकाले यो बिबाद आएको रिमेश बताउँछन् । उनी भन्छन्, 'अब कुरा मिली सक्यो ।' के त्यसो भए समनको नाम करियोग्राफरको रूपमा देख्न पाईन्छ त ? रिमेशले भने, 'यो कुरालाई सस्पेन्स नै राखौं । चलचित्र हेरिसके पछि थाहा पाईहाल्नु हुनेछ ।'

 

यता पारिश्रमिक राम्रै पाए पनि नाम नआएर चित्त दुखाएका समनले पनि कुरा मिलेको बताए । दुई दिनको गम्भिर वार्ता पश्चात कुरा मिलेको बताउँदै समनले भने, ' पोस्टर, प्रोमो देखि फिल्म सबै रेडी भईसकेकाले नाम थप्दा निर्मातालाई घाटा लाग्ने देखेर नाम नराख्ने सर्तमा कुरा मिलाएँ ।' आफ्नो नाम राख्दा निर्मातालाई ठूलो क्षति देखिने भएकाले अब नाम नराखे पनि खासै दु:ख व्यक्त नगर्ने समनले बताए ।

 

समनले करियोग्राफी गरेको गीत यस्तो छ :