
एक बर्षको पिरियडमा चार वटा फिल्म खेलिसकेकी रागिनी खड्गी चर्चित फाईट मास्टर राजेन्द्र खड्गीको छोरी हुन् । हुन त बाबु कलाकार भएपछी उसको सन्तानको रगतमा अभिनयको नशा नभएको कमै उदाहरण भेटिन्छन् । सोही अनुरूप छोटो समयमा चर्चित बनिसकेकी रागिनी बाबुकै कारण चर्चित बनेको कुरामा कुनै दुई मत छैन । त्यसैले होला जेनेरेशन ग्याप रहेको फिल्म ईन्डस्ट्रीमा दोस्रो पुस्ताका कालाकारले पाईला राख्दा उसलाई मिडियाले पनि दिल खोलेर सहयोग गरिरहेको छ ।
अभिनयको हिसावले प्लान रागिनीको फष्ट फिल्म भएपनि रिलिज हिसावले उनको थर्ड फिल्म दुलही रानी डेब्यू सिनेमाको रूपमा अगाडी आईदियो । अब प्रसङ्ग जोडौ रागिनी कसरी हिरोईन भईन् भन्ने कुरामा । दुई बर्ष अघि भुवन केसीको सिनेमा 'साथी म तिम्रो' को सुटिङको समयमा राजेन्द्र खड्गी दुर्घटनामा परेका थिए त्यतिबेला उनलाई भेट्न निर्देशक शोभित बस्नेत हस्पिटल गएका थिए जहाँ थिईन् रागिनीको मम्मी पनि । त्यतिकैमा रागिनीको मम्मीले शोभितलाई भनिन्, 'हाम्रो छोरीलाई पनि हिरोईन बनाउनु पर्यो ।' जवाफमा शोभितले रागिनीको मम्मीको आग्रहलाई एकसोही समयमा डन गरिदिए तर सो कुरा राजेन्द्रलाई थाहा नदिने सर्तमा ।
त्यतिकैमा राजेन्द्र केही स्वस्थ्य भएपछी पोखरा सुटिङमा निस्किएका थिए जहाँ उनले नयाँ पत्रिका दैनिक किनेर हेर्दा आफ्नै छोरी हिरोईन बन्न लागेको खबरले तिन छक्क परे । रागिनीलाई हिरोईन बनाउने खबर पत्रिकाबाट एक्कासी थाहा पाएपछी राजेन्द्रले शोभितलाई फोन गरे, 'मेरै छोरी हिरोईन हुन लागेको खबर पत्रिकाबाट थाहा पाउदैछु । के हो शोभित मैले त बुझ्न सकिन नि !' जवाफमा शोभितले आफ्नो नयाँ फिल्म प्लानबाट उनलाई हिरोईनमा डेब्यू गराउने निर्णय गरिसकेको बताएपछी खड्गी पनि प्रफुल्लित भए ।
यसरी रागिनी फिल्ममा आएको कुराको रहस्य सोमबार दुलही रानीको प्रिमियर समारोहमा बताईएको थियो । कलाकारको सन्तान कलाकारितामा आउन हिचकिचाई रहेका बेला राजेन्द्रको छोरीले यो क्षेत्रमा पाईला राख्दा उनलाई अशोक शर्माले साथी राजेन्द्रको छोरी आफ्नो पनि छोरी भएको भन्दै रागिनीको सफल को फिल्मी यात्राको कामना गरेका थिए । दुलही रानी आउदो शुक्रबार देखि देशब्यापी रिलिज हुदैछ ।