
नायक राजेश हमाललाई रोमान्टिक सिनमा काम गराउन निर्देशकहरूले धेरै कसरत गर्नु पर्छ । किस सिन त परै जाओस् नायिकाको अंगालोमा बाँधिन पनि हमाललाई गार्हो हुन्छ जुन हामीले उनका चलचित्रमा देख्दै पनि आएका छौं ।
निर्देशक दिपेन्द्र के खनालले चलचित्र द युगदेखी युगसम्ममा राजेशलाई नायिका नन्दिता केसीसँगको किस सिनमा प्रस्तुत गराउन धेरै मेहनत गर्नु परेको थियो । त्यसपछिका केहि चलचित्रमा पनि उनलाई रोमान्टिक बनाउन निर्देशकहरूले पहल नगरेका हैनन् तर हमाल त्यति सहजै खुलिदिएन् । तर समयले केहि कोल्टे फेरेको छ । जति जति उमेर बढ्दैछ उती उती हमाल रोमान्टिक हुँदै किस सिन तथा बेड सिनका दृश्यहरूमा खुल्न थालेका छन् ।
सायद समयअनुसार परिवर्तन हुनुपर्छ भन्ने मान्यताले होला पछिल्लो समयका केहि चलचित्रमा राजेशलाई नायिकासँगको रोमान्समा लिप्त बनाउन थालिएको छ । निर्देशक उकेश दाहालले किन किनमा राजेशलाई सेक्सी बनाईएको छ । किन किनमा त राजेश र करिष्मा मानन्धरको किस सिनका भेराईटी नै राखिएको निर्देशक दाहाल बताउँछन् ।
यस्तै दिवाकर भट्टराईले निर्देशन गरेको चलचित्र 'मेरो जीवन साथी' मा पनि हमाललाई एक नायिकासँग अनस्क्रिन रोमान्स गर्न लगाईएको छ । आफ्नी प्रेमिकासँगको आत्मिय प्रेम देखाउन र दर्शकलाई रोमान्टिक बनाउन राजेशलाई ति नायिकासँगको प्रेममा डुबाएर अभिनय गराएको निर्देशक भट्टराईले बताए । 'शुरूमा त निकै गार्हो भयो तर पछि बिस्तारै राजेश जी फिलिङ्समा आएर काम गर्नु भयो', दिवाकरले सुटिङको पललाई सम्झे, 'मेरो चलचित्रको मेन ब्युटी पार्ट मध्येको एक राजेश जीको यो सिन पनि हो ।'
सिन कत्तिको ब्युटी छ त्यो त चलचित्र रिलिज भएपछि नै थाहा हुनेछ तर प्रस्तुत तस्विर हेर्दा भने लाग्छ चलचित्र भित्र हमाल भन्दा पनि हमालको छातीमा टाँसिएकी यि नायिका मज्जाले खुलेकी छिन् । अब चिन्नुस् राजेशको छातीमा टाँसिएकी यि नायिका को हुन् ?