
आउँदो शुक्रबार देखि देशभरिका ७२ वटा सिनेमा घरबाट एक साथ रिलिज हुन लागेको सिनेमा दुलही रानीको प्रिमियर गरिएको छ । सोमबार साँझ कमलपोखरी स्थित क्यूएफएक्स कुमारी सिनेमा घरमा उक्त सिनेमाको च्यारिटी शो सहित प्रिमियर गरिएको हो ।
शोभित बस्नेत निर्देशित चौबिसौं सिनेमामा दुलही रानी भएर रागिनी खड्गीले हिरोईनमा डेब्यू गरेकी छिन् । 'काम गराईको हिसावले यो मेरो थर्ड मुभि हो तर रिलिजमा फष्ट भैदिंदा नर्भस फिल भैरहेको छ', प्रिमियर समारोहमा रागिनिले भनिन् । फाईट मास्टर राजेन्द्र खड्गीको छोरी रागिनी शोभितको प्लानबाट सिनेमा लाईनमा प्रवेश गरेकी हुन् । त्यस पश्चात 'मेरो जीवन साथी' मा पनि उनले काम गरिसकेकी छिन् ।
सिनेमामा मुकेश आचार्य, जयकिशन बस्नेत, रविन्द्र खड्का, मौसमी मल्ल, उमेश मायालु तथा नव प्रस्तुतीमा चार जना कलाकार पेशला कट्वाल, सविना कार्की, रूपेश न्यौपाने र जिके शर्माले एक साथ डेब्यू गरेका छन् । सलोन फिल्मसका लागि सलिना बस्नेतको प्रस्तुतीमा निर्माण भएको सिनेमामा मनोहर सुनामको संगीत, गणेश कुमार श्रेष्ठको छायाँकन र राजेन्द्र खड्गीको द्धन्द छ । चलचित्रको पटकथा तथा संवाद मोहन निरौला र शोभित बस्नेतले लेखेका हुन् ।