
के म तिम्रो साथी बन्न सक्छु डेब्यू नायिका दिप्ती गिरीले आफ्नो पहिलो चलचित्रको रिजल्ट हेरेर मात्र अर्को प्रोजेक्टमा हात हाल्ने बताएकी छिन् । फिल्मीखबरसँग कुरा गर्दै दिप्तीले भनिन्, 'आफ्नो तर्फबाट सक्दो राम्रो गर्ने कोशिस गरेकी त छु तर रिजल्ट नआई अर्को प्रोजेक्टमा हात हाल्दिन ।'
हाल बिज्ञान बिषयमा ११ कक्षामा अध्यनरत दिप्ती आफ्नो पहिलो प्रोजेक्ट भएकाले पनि निकै डराएकी छिन् । भन्छिन्, 'एसएलसीको रिजल्टको पर्खाई भन्दा गार्हो भएको छ मलाई त ।' सबिर श्रेष्ठले निर्देशन गरेको सो चलचित्रमा दिप्ती आर्यन सिग्देलको अनस्क्रिन जोडीको रूपमा प्रस्तुत भएकी छिन् । यो जोडीको अनस्क्रिन रोमान्सलाई मलेशियामा रहेका नेपालीहरूले अवलोकन गर्दैछन् । मलेशियाका रवाङ, इपोह, केल, पेनाङ र जोहर बारू शहरका पर्दामाहरूमा आर्यन र दिप्तीको प्रेमकहानीलाई देखाईंदैछ ।
आफ्नो चलचित्रको रिलिजका लागि मलेशिया पुगेकी निर्माता कृषा चौलागाईंले दिएको जानकारी अनुसार यहि अप्रिल १ तारिखका दिन रवाङको पवगम सन सिनेमा हलमा चलचित्रलाई पुन: स्क्रिनिङ गरिंदैछ । उक्त हलमा दुई शो गरेपछि अर्को दिन इपोहको गोल्डेन सिनेमा घरमा चलचित्रलाई स्क्रिनिङ गरिंदैछ । त्यसपछि केल, पेनाङ र जोहर बारू शहरका पर्दामाहरूमा चलचित्रलाई स्क्रिनिङ गरिने कृषा बताउँछिन् । त्यस लग्गतै उनी इजरायल पुगेर आफ्नो चलचित्र प्रदर्शन गर्नेछिन् ।
सन्दिप सापकोटा, दिनेश डिसी, धिरेन शाक्य, रमेश थापा, शिशिर राणा लगायतले अभिनय गरेको सो चलचित्रलाई शिबम अधिकारीले लेखेका हुन् भने शिब ढकालले छायाँकन र संगीत दिनेश सुनामको रहेको छ ।
Screening Hall
Pawagum Sun Hall, Rawang
Golden Screen Cinemas, Ipoh
Sentul Cinema, Kuala Lumpur
Golden Screen Cinemas, Johor Bahru
Golden Screen Cinemas, Penang
Organized by : Kushal Bhattarai +60166468006, Raj Neupane +60146057063, Purna Limbu +60149393563