
आउँदो बैशाख ७ गते एक बर्ष पुरा हुन्छ हरिबंश आचार्यले श्रीमती गुमाएको तर एक बर्षे बरखी समेत पुरा नहुदै उनले अर्को बिहे गर्ने खबरले केही साता अघि राम्रै चर्चा पायो तर यो बिषयमा हरिबंशले तत्काल बिहेको बारेमा आफ्नो कुनै सोच नरहेको बताएका छन् ।
स्तब्ध मुद्रामा आईतबार एक कार्यक्रममा भेटिएका हरिबंशलाई फिल्मीखबरले सोधेको थियो, 'तपाईको पुनः बिहे गर्ने खबर आईरहेको छ नि ?' जवाफमा हरिबंशले भने, 'अहिले त्यो बेला आएको छैन । भरसक बिहेको बिषयमा मसंग कुरा नगर्दा नै बेस होला ।' पछिल्लो दश महिना देखि उनी पहिलेका जस्ता हरिबंश देखिदैनन् । प्राय कार्यक्रममा भेटिदा सवैलाई हँसाउने हरिबंशको मुहारमा हर्षको कुनै रङ पनि देखिदैन । यति सम्मकी उनका सहकर्मीले विभिन्न बहानबाजी गर्दै उनको अनुहारमा खुशी ल्याउन खोज्छन् तर एकछिनको खुशी मुद्रा पछी उनी पुन: भावुक भैहाल्छन् ।
सिने उद्योगमा प्रेम होस् त हरिबंशको परिवारको जस्तो भनिन्थ्यो तर माया गर्ने मायालुलाई अल्प आयुमै गुमाएका हरिबंश पत्नी वियोगमा परेको एक बर्ष हुन लाग्दा समेत आफूलाई पुरानै अवस्थामा ल्याउन सकिरहेका छैनन् । यध्यपी छोराको बिहे गर्ने उमेरमा हरिबंशले दोस्रो बिहे गर्लान् वा नगर्लान् त्यो भने भबिष्यले नै बताउला ।