मिति : २०८२ ज्येष्ठ ४, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

जेठ १२ मा मालतीको भट्टी

फिल्मीखबर, काठमाण्डौ, 2012/03/26

प्रतिक्षित सिनेमाका रूपमा हेरिएको मालतीको भट्टी आउदो जेठ १२ गते देखि देशब्यापी रिलिज हुने भएको छ । रेखा थापा, जीवन लुईटेल तथा नन्दिता केसी स्टारर यो सिनेमालाई यहि बर्ष रिलिज गर्ने बताईएको थियो तर विविध कारणबस सिनेमाको रिलिज डेट जेठ १२ लाई फिक्स गरिएको हो ।



प्रोडयूसर प्रदिप उदका अनुसार देशभरिका प्रमुख स्टेशन बिर्तामोड, दमक, धरान, हेटौडा, नारायणगण, दमौली, बाग्लुङ, बुटबल, दाङ घोराही, नेपालगञ्ज, सुर्खेत तथा धनगडी सहित राजधानीका सम्पूर्ण सिनेमा घरमा यो फिल्म लाग्ने छ । सिनेमा निर्देशनमा ब्रेक दिईरहने प्रोडयूसरले समेत परिचित उदयले यो सिनेमाबाट निर्देशकको रूपमा गणेश देव पाण्डेलाई फिल्म ईन्डष्ट्रीमा भित्राएका हुन् ।

 

स्वदेश रिलिज अघि यो सिनेमा मे ४ तारिखका दिन कतारमा रिलिज गरिने फिक्स भएको उदयले जानकारी गराए । जसका लागि जीवन लुईटेल कतार जाने छन् । आउदो शुक्रबार फिल्मीखबर मार्फत प्रोमो र गित सार्वजनिक गरि पब्लिसिटी सुरू गरिने सो सिनेमाको फष्टलुक यस्तो छ ।