मिति : २०८२ ज्येष्ठ ५, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सिनेकर्मीलाई प्रधानमन्त्रीको आश्वासन

फिल्मीखबर, काठमाण्डौ, 2012/03/26

सिनेमा प्रेमी प्रधानमन्त्रीको विशेषताले परिचित डा. बाबुराम भट्टराईले सिनेकर्मीलाई पुरानै बाचा अनुरूप आश्वासनको पोको फेरी एक पटक फ्याकेका छन् ।

प्रगतिशिल तथा देश भक्त साँस्कृतिक मञ्चले आईतबार २० जना कलाकारहरूलाई सम्मान गर्ने क्रममा प्रधानमन्त्री भट्टराईले पुरानै बाचा अनुरूप कलाकारलाई स्वयंसेवीको रूपमा खट्न निर्देशन दिएका हुन् । 'राजनीतिक दलका नेतालाई खबरदारी गर्न तपाईहरूकै हात छ तसर्थ तपाईहरूको खबरदारी विना संविधान निर्माणको ध्यान अन्त जाला त्यसकारण संविधान नबनुन्जेल स्वयंसेवीको रूपमा तपाईहरूको खबरदारी अझै जुरूरत छ', बाबुरामले भने ।'



कार्यक्रममा मह जोडी हरिबंश आचार्य, मदनकृष्ण श्रेष्ठ, गितकार डा. कृष्णहरी बराल, गायक रामकृष्ण ढकाल, संगीतकार चेतन सापकोटा लगायतका २० श्रष्टाहरूलाई प्रधानमन्त्रीको हातबाट सम्मान प्रदान गरिएको थियो । कार्यक्रममा बोल्दै अभिनेता हरिवंश आचार्यले आफूहरू कुनै बादी नभई मह बादी भनी आफ्नो मन्त्वय सुरू गर्दा उनको र प्रधानमन्त्री भट्टराईको व्यङ्ग्य प्रहार चलेको थियो ।

 

हरिबंशले कार्यक्रम आयोजक प्रगतिशिल समाजलाई केन्द्रबिन्दू बनाउदै जनतालाई दुःख दिने नेता अगतिशिल र सुख दिने नेता प्रगतीशिल भएको भन्दै प्रधानमन्त्रीको ध्यानकर्षण गराएपछी जवाफमा प्रधानमन्त्री भट्टराईले हरिबंशले सुरू गरेको मह बादीलाई संक्रिण सोच भएको व्यङ्ग्य प्रहार गरेका थिए भने अगतिशिलको कुरामा उनले आफ्नो तर्क अघि सारेका थिए । यध्यपी आउदो जेठ १४ सम्म संविधान बन्ने बिषयलाई उनले दाबी गर्दा तालीको पर्राराले हल गुञ्जयमान भएको थियो ।