
प्रदर्शनमा रहेको चलचित्र 'रावण' का अनस्क्रिन जोडी रेखा थापा र सबिन पुन: अर्को नयाँ चलचित्रमा अनस्क्रिन जोडी भएर देखिने भएका छन् । शुक्रबार मुहुर्त गरि शुक्रबारबाट नै सुटिङ गरिएको चलचित्र 'बर्सात' यो जोडी देखिन लागेको हो ।
अन्दाजमा पहिलो पटक अनस्क्रिन रोमान्स गरेको यो जोडीलाई मोहनकृष्ण श्रेष्ठ र गजेन्द्र रञ्जितले आफ्नो चलचित्रमा लिएका हुन् । यसअघि कन्यादान र राज चलचित्र निर्माण गरेका मोहनकृष्ण र गजेन्द्रले सानु शाक्यलाई चलचित्र निर्देशनको जिम्मा दिएका छन् । प्रेमकथामा आधारित सो चलचित्रलाई शिबम अधिकारीले लेखेका हुन् भने संगीत शम्भुजित बाँस्कोटाको रहेको छ ।
अन्दाज र रावणमा एक्सन नायक भएर देखिएका सबिन यो चलचित्रमा कस्तो भुमिकामा देखिने हुन् त्यो त खुलाईएको छैन तर उनलाई अलि फरक गेटअपमा भने प्रस्तुत गरिएको सँगैको तस्विरले देखाउँछ । आशा गरौं रेखा फिल्म्सले ल्याएका यि नायकले बर्षातबाट पनि राम्रो छाप छोड्नेछन् र रेखा र सबिनको जोडी फेरि एक पटक जम्नेछ ।