मिति : २०८२ ज्येष्ठ ४, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सुरज सुब्बासँग जीन्दगी काम गर्ने छैन : हर्षिका

फिल्मीखबर, काठमाण्डौ, 2012/03/25

पक्कै पनि नायिका हर्षिका श्रेष्ठको चित्त धेरै नै दुखेको रहेछ  । शनिबार एक म्यूजिक भिडियो सुटिङका क्रममा भेटिएकी हर्षिका निकै भावुक  मुद्रामा थिईन् जतिबेला फिल्मीखबरले उनलाई मेरो भ्यालेन्टाईनबाट निकालेको बिषयमा विभिन्न प्रश्न गरेको थियो ।

सुरज सुब्बाको निर्देशनमा बन्न लागेको सो सिनेमामा हर्षिका हिरोईन हुने कुरा थियो तर अकस्मात आफ्नो स्थानमा निता ढुङ्गानालाई सुब्बाले लिएपछी उनी तीन छक्क परेको बताउछिन् । उनी भन्छिन्, 'अरू कसैबाट सिनेमाको मुर्हुत हुदैछ भन्ने कुरा थाहा पाउदा कस्को चित्त दुख्दैन र ?' चलचित्र बाटो मुनिको फुलको एडिटिङ्ग समय देखि सुब्बालाई नजिकबाट चिनेकी हर्षिकाले बाटो मुनिको फूलको सव टाईटल पनि लेखेकी हुन् जुन लेखाईबाट सुब्बा र उनको दोस्तीयारी निकै बढेको थियो ।

यति सम्मकी सुब्बाले हरेक फिल्मी कार्यक्रम होस वा ब्यक्तिगत समारोह हर्षिकालाई डोर्‍याएर हिड्न पछि पर्दैन थिए तर दालमा अकस्मात कालो परेपछी यि दुईको सम्बन्धमा अहिले फाटो आएको छ ।  'उहाँले मलाई फिल्ममा नखेलाएको बिषयमा कुनै आपत्ती छैन तर खेलाउने भनी झुक्याएर मुर्हुत हुदैछ भन्ने कुरा अरू कसैबाट थाहा पाउदा कस्तो हुन्छ ?', उनले प्रश्न गरिन् ।

एउटा फिल्ममा भएन त के भयो र अर्को प्रोजेक्टमा तपाईलाई फेरी लिनुहुन्छ होला नि भन्ने फिल्मीखबरको प्रश्नमा उनले भनिन्, 'मेरो लागि उहाँको बोली नै ठूलो कुरा थियो जुन बोलीलाई मैले सपना बनाएर सजाएको थिए तर विना जानकारी बिषय अन्तै मोडिदा म आफै छक्क छु । यति सम्मकी मैले के गल्ती गरे भन्ने कुरा पनि मलाई थाहा छैन । त्यसैले उहाँसंग अर्को प्रोजेक्ट हैन सायद जिन्दगी काम गर्ने छैन ।'

अंगालो यो मायाको डेब्यू हिरोईन हर्षिका हाल मिसन पैसा रिलोडेडमा पनि अभिनयरत छिन् । तर निर्देशक सुब्बाले लाष्ट आवरमा फिल्ममा नखेलाएको बिषयलाई उनले जिन्दगीको सवैभन्दा ठूलो चोट भएको बताएकी छिन् । सो घटनापछी उनीहरूको बोलचाल पनि पूर्ण रूपमा बन्द भएको छ । हाल सम्म नौ वटा म्यूजिक भिडियोमा समेत खेलिसकेकी उनी अहिले शारिरीक सौन्दर्यतामा पनि निकै ध्यान दिन थालेकी छिन् । कोक बडी बनाउनु भएछ राज के होला भन्ने जिज्ञासामा उनले भनिन्, 'यो पिडालाई बिर्सन पनि मैले अझै आफूमा निखारपना ल्याउने सोच अनुरूप डाईटिङमा ध्यान दिन थालेको छु ।'