
आज भोली नेपाल चलचित्रका निर्माता, निर्देशक र नायिका बिच हुने विवाद प्राय चलचित्रमा भएको सिन कै विषयमा हुन्छ । किस सिन होस् या बेड सिन आखिर सेक्सकै मामिलामा लफडा हुने गर्दछ । चलचित्रलाई चर्चामा ल्याउन गरिएको होस् या त्यो साँचिकै असन्टुष्टीको कारणले भएको हो तर विवादले पुरै चलचित्र उधोगलाई तताउने गरेको छ ।
यहि क्रममा यति बेला निर्देशक राजु गिरी र नायिका शशी खड्का बिचमा ठुलै विवाद भएको छ । रिलिजको तयारीमा रहेको चलचित्र चन्द्रावतीमा समावेस गरिएको एउटा सिनका कारण निर्देशक गिरी र नायिका खड्का बिच पानी बाराबारको स्थिती आएको हो । राजकुमारीको भुमीकामा रहेकी शशी र सेनापतिको भुमीकामा रहेका आयुष रिजाल बिच जङगलको बाटो हुँदै कतै जाने क्रममा बाटोमा राजकुमारीमा सेक्स डिजायर बढे पछि उनिहरुले सम्बन्ध राख्छन् । उक्त सिनलाई चलचित्रमा समाबेस गरिएको भन्दै शशीले आपत्ती जनाएकी छिन् ।
उक्त सिनका कारणले आफ्नो जिवनमा नराम्रो असर पार्ने भन्दै शशीले हटाउन आग्रह गर्दा निर्देशक गिरीले सिन हटाउन नमाने पछि उनिहरु विच विवाद भएको हो । शशीले त्यो सिन चलचित्रबाट नहटाईए जस्तो सुकै एक्सन लिन सक्ने चेतावनी दिएकी छिन् । पोखराको विग एफएममा टेलिफोनमा अन्तरबार्ता दिैदै शशीले भनिन्, 'सम्पादनको बेला मेरो ईच्छा अनुसार त्यो सिन राख्ने भन्ने सहमतिमा मैले त्यो दृष्य दिएकी थिएँ अहिले मलाई मैले त्यो सिन नराख्न आग्रह गर्दा उहाँले मान्नु भएको छैन । यदि त्यो सिन हटाईएन भने मैले उहाँलाई जस्तो पनि एक्सन लिन सक्छु ।' उनले राजु गिरीले आफुलाई झुक्काएको आरोप पनि लगाएकी छिन् ।
निर्देशक गिरीले भने स्कृप्टमै उक्त दृश्य भएको र एग्रीमेन्ट गर्ने बेलामा नै शशीलाई यस्तो दृष्य छ भनेर जानकारी दिएको र सिनेमा खेल्न शशीले सहमति जनाए पछि ६० हजारमा एग्रीमेन्ट गरी छायाङकन गरेकाले उक्त सिन कुनै हालतमा नहटाउने बताए । गिरी भन्छन्, 'यस्तो सिन छ भनेर मैले एग्रीमेन्ट गर्न भन्दा पहिला नै जानकारी दिएको थिएँ र उहाँले हुन्छ गर्छु भने पछि मैले ६० हजारमा उहाँलाई लिएकाले त्यै अनुसार सुटिङ पनि गराएको हुँ । तर अहिले आएर उहाँले त्यो सिन हटाउन भन्दै मेरो विरुद्ध मुद्धा हाल्नु भएको छ । बरु म मर्छु तर मैले कुनै पनि हालतमा त्यो सिन हटाउँदिन ।'
नायिका शशि र निर्देशक गिरी बिचको विबादको बारेमा बिग एफएमसँग फिल्मीखबरका सहकर्मी समेत रहेका सञ्जोग बस्यालले गरेको कुराकानी जस्ताको तस्तै सुन्न तलको लिङ्कमा क्लिक गर्नुहोला !
Interview with Raju Giri
Interview with Shahi Khadka