मिति : २०८२ ज्येष्ठ ४, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नेपालगंजमा दुई चलचित्रको च्यारिटी

बिष्णु शाही, नेपालगंज, 2012/03/24

'तपाईहरु जस्तो भ्रष्ट व्यक्तिकै कारण देश दिन प्रतिदिन बिग्रदै गइरहेको छ । देश नर्क भएको छ ।' यो संवाद चलचित्र गंगाजलकी पात्र उषा (नायिका सोभिता सिंखडा) ले एक भ्रष्ट प्रहरी अधिकृत राजाराम (नायक शुसिल क्षेत्री) लाई भनेको संवाद हो । यहि भ्रष्टाचार बिरुद्धको चलचित्र गंगाजलको च्यारीटि शो आज नेपालगंजमा देखाइएको छ ।


भ्रष्टाचारलाई मुख्य बिषयबस्तु बनाइएको नेपाली चलचित्र गंगाजलको च्यारिटी शो भ्रष्टचारको बिरुद्धमा बिगत लामो समयदेखि नेपालका ४९ वटा जिल्लामा काम गर्दै आएको बागेश्वरी असल शासन क्लब (बास) ले आज शानिबार नेपालगंजको सल्यानिबाग स्थित रहेको आईएनएफको हलमा प्रर्दशन गरेको थियो । १२ बजे र ३ बजे गरी २ शोमा शिक्षक, अभिभावक, सरकारी कर्मचारी र पत्रकार गरी करिब ३ सय बढी दर्शकले हेरेर मन पराउनुका साथै यो चलचित्रलाई अन्य जिल्लाहरुमा पनि देखाउनुपर्ने सुझाव दिँदै बासलाई धन्यवाद दिएको बासका प्रवक्ता हेमराज भट्टले फिल्मीखबरलाई जानकारी दिए ।


व्यावसायिक रुपमा सफल हुन नसकेको गंगाजललाई प्रमोद भण्डारीले निर्देशन गरेका हुन् । भ्रष्टाचार देशको नै सबैभन्दा ठुलो समस्या भएको बेला बासले चलचित्रको माध्यमबाट यस क्षेत्रका सम्पूर्ण व्यक्तिहरुलाई भ्रष्टाचार बिरुद्धको अभियानमा लाग्न प्रेरित गर्न गंगाजलको च्यारेटी गरेको हो । महेश खड्काको संगीत रहेको चलचित्रमा बिराज भट्ट, रेखा थापा, शुशिल क्षेत्री, पुष्कर भट्ट लगायतका कलाकारहरुको अभिनय रहेको छ ।


त्यसैगरी आज नै जेबि कार्कीद्धारा निर्मित चलचित्र द्रव्यको पनि च्यारिटी शो भएको छ । सामाजिक काममा अग्रसर रहेको लियो क्लब अफ नेपालगंजको आयोजनमा नेपालगंजको केन्द्र बिन्दुमा रहेको शृष्टि चलचित्र भवनमा आज बेलुकी ८ बजे च्यारिटी शो सम्पन्न भएको थियो । समाजमा विकासका कार्यहरु गर्नको लागि प्रोत्साहन दिन लियो क्लब नेपालगंजलाई च्यारिटी शोबाट उठेको रकम सहयोग गरिएको नायक अशोक फुयाँलले जानकारी गराए । गलत क्रियाकलापमा लाग्नुको मुख्य कारण पैसा नै हो र क्यासिनोमा लाग्नेहरूले दुःखपुर्ण जीवन बिताउन बाध्य हुनुपर्छ भन्ने मुख्य सन्देश दिएको चलचित्र द्रव्य हेर्नका लागि २ सय बढि दर्शकको सहभागिता रहेको थियो ।

 

मार्कण्ड्य दिपबिम बस्नेतको निर्देशन रहेको चलचित्रमा बिराज भट्ट, अशोक फुँयाल, अनु शाह, कल्पना शाहीको मुख्य भुमिका रहेको छ ।  च्यारिटि शोबाट एक लाख बढि रकम उठेको आयोजकले जानकारी गरायो । बैशाख १५ गतेदेखि एकैसाथ नेपालभर प्रर्दशनमा आउने चलचित्र द्रव्यको छायाँकन गोरखा, पोखरा, काठमान्डौ र मकवानपुरमा गरिएको हो ।