मिति : २०८२ ज्येष्ठ ४, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नेफ्टा अवार्डमा सहभागी हुन मिथुन चक्रवर्ती नेपाल आउने !

फिल्मीखबर, काठमाण्डौ, 2012/03/24

चैत्र १८ गते हुन लागेको नेफ्टा अवार्डमा भारतीय अभिनेता मिथुन चक्रवर्ती चिफ गेष्टको रुपमा देखा पर्ने प्रबल सम्भावना रहेको छ ।

स-प्राईजको रुपमा नेफ्टाले अवार्ड सेरेमोनीको अघिल्लो दिन उक्त रहस्य सार्वजनिक गर्ने तयारी गरिरहेका बेला फिल्मीखबरले यो रहस्यको ग्रिन सिग्नल पाएको हो । यस्तै मिथुनलाई नेपाल ल्याउने प्रसङ्गमा प्राविधिक संघका उपाध्यक्ष मनोज केसीसंग यो बिषयको आधिकारिकता सोधिएको थियो 'के यो कुरा साँचो हो ?' जवाफमा उनले पनि ग्रिन सिग्नल दिदै हास्दै भने, 'यसपालिको अवार्डमा केही न केही सरप्राईज दिइदैछ त्यसैले यो बिषयमा अहिले नो कमेन्ट ।'

स्रोत अनुसार प्राविधिक संघले दुई महिना अघि देखि  मिथुनलाई चिफ गेष्टको रुपको ल्याउने तयारी गरेको थियो जस अनुरुप मिथुन १७ गते सम्म काठमाण्डू ओर्लिने बुझिएको छ तर यसको फाईनल डिसिजन भईसकेको छैन । बलिउडको प्राविधिक महासंघका अध्यक्ष समेत रहेका मिथुनलाई चिफ गेष्ट बनाएर अवार्ड कार्यक्रमलाई नयाँ उचाई दिने  तयारी गरेको संघले पूर्व तयारी अनुरुप मिथिुनलाई  नेपाल ल्याउन सक्छ वा सक्दैन त्यो भने चासोको  रुपमा हेरिएको छ । यध्यपी मिथुन नेपाल आए उनलाई स्वागत छ ।