सिनेमा क्षेत्रमा पाईला राख्नेहरूका लागि खुशीको खबर । यदि तपाई स्क्रिप्ट लेखनमा अब्बल हुनुहुन्छ भने न्यू नेपाली सिनेमाको आयोजनामा प्लानेट ३ फिल्मका लागि स्क्रिप्ट लेखन प्रतियोगिता हुदैछ जहाँबाट तपाईले १ लाख २५ हजार रकम जित्न सक्नु हुनेछ ।
जारी गरिएको प्रेस रिलिज अनुसार आज देखि खोलिएको यो प्रतियोगितामा सहभागी हुन ईच्छुक ब्यक्तिले दुई चरण पार गर्नु पर्ने हुन्छ । पहिलो चरण अर्न्तगत बैशाख १८ गते भित्र स्क्रिप्टका लागि एक पेज कथा मात्र तयार गरे हुन्छ त्यस पश्चात आएका कथाहरू मध्ये जुरीले दश वटा कथालाई स्क्रिप्टमा ढाल्न स्वीकृति दिनेछन् । त्यसपश्चात स्विकृति दिएको मितिदेखि १५ जुन २०१२ भित्र प्रतियोगिले फाईनल स्क्रिप्ट बुझाउनु पर्ने छ ।
जुरीहरूमा निर्देशक मनोज पण्डित, दीपक रौनियार, छिरिङतार शेर्पा, अर्जुन सुवेदी र दासढुङ्गा प्रोडयूसर अपिल बिष्ट रहेका छन् । प्रतियोगितामा सहभागी हुन [email protected] मा ईच्छुक ब्यक्तिले आफ्नो कथा ईमेल गर्न सक्ने जारी प्रेस रिलिजमा उल्लेख गरिएको छ ।
न्यू नेपाली सिनेमा नेपाली सिनेमाको बजार बिस्तार गर्न खोलिएको एक समूह हो जो फेसबुकमा ग्रुप खोलेर आफ्ना विभिन्न गतिविधि सार्वजनिक गरिरहेको हुन्छ । यस्तै यो ग्रुपले स्क्रिप्ट राईटिङ कम्पिटिसनका अलवा आगामी दिनमा सिनेमा भाडामा दिने र किन्ने ब्यावसाय गर्ने उद्देश्य राखिएको ईभेन्ट म्यानेजर मनोज अधिकारीले जारी गरेको प्रेस रिलिजमा उल्लेख छ । विस्तृत जानकारीका लागि सम्बन्धीत वेभसाईट http://www.newnepalicinema.com/scriptcompetition गएर भिजिट गर्न सक्नुहुनेछ ।

