मिति : २०८२ ज्येष्ठ ४, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

रहस्य चुहावटमा नेफ्टाको ध्यानकर्षण, विवाद ठूलै छ

फिल्मीखबर, काठमाण्डौ, 2012/03/23

अफिसियल एनाउन्स विना टिटिभीको एक कार्यक्रबाट चुहावट भएको लाईफ टाईम अचिभमेन्ट अवार्डको सम्बन्धमा नेफ्टाले ध्यानाकर्षण जनाएको छ । चैत्र १८ गते हुन लागेको उक्त कार्यक्रमको हाल रिहर्लसल भैरहेको छ जहाँ रिहर्लसलको रिपोटिङका क्रममा कोरियोग्राफर शंकर विसीले यो बर्षको लाईफ टाईम अचिभमेन्ट अवार्ड बसुन्धरा भुषालको पोल्टोमा जाने रहस्य चुहाएका थिए । जुन रहस्य चुहावटको बिषयमा नेफ्टा संयोजक सम्झना उप्रेती  रौनियारले ध्यानकर्षण भएको भन्दै अञ्जानबस सो  बिषय चुहिएको स्विकारेकी छिन् ।


संयोजक रौनियारले रिहर्लसलको क्रममा अभिनेता मुकेश आचार्यसंगको विवादको खबर सार्वजनिक भएको बिषयमा आपत्ती जनाएकी छिन् । उनले भनिन्, 'मुकेशलाई टाउको दुखेर हामीले निकालेका हैनौ उसलाई नाच्न आएन अनि निकालेका हौ ।' तर यो बिषयमा मुकेशसंग कुरा गर्दा उनले भने, 'प्रयाक्टिसको क्रममा कोरसहरूको अगाडी सम्झना जीले मेरो ईन्सल्ट गरेपछि मैलै आफैले नेफ्टाको कार्यक्रममा ननाच्ने निर्णय गरेको हुँ ।' मुकेशले हिरोईन कल्पना शाहीसंग शासनको 'कहाँ बाट आउछ कहाँबाट जान्छ यो माया...' बोलको गीतमा तीन दिन सम्म रिहर्लसल गरेका थिए ।

 

विवादको बिषयमा मुकेश भन्छन्, 'तीन दिन सम्म म निरन्तर रिहर्लसलमा गए तर एक दिन रेष्टका लागि आग्रह गर्दा उहाँहरूले रेष्ट दिनु मान्नु भएन र त्यतिबेला अलिअलि विवाद भएको थियो । त्यसपछी भोलीपल्ट १२ बजे रिहर्लसलमा आउछु  भनी मैले मनोज केसी (उपाध्यछ प्राविधिक संघ) संग फोनमा कुरा गरेर आउने बताएपछी उहाँले आउन भन्नु भयो र  म हिरारत्न हल पुगे तर त्यहाँ सम्झना जिले कोरसहरूको अगाडी मैले नाच्ने गित ३ बजे सम्म कुनै हालतमा बज्दैन भनेर ईन्सल्ट गरेपछी मलाई नराम्रो फिल भयो त्यसपछी म नेफ्टाको कार्यक्रममा ननाच्ने भन्दै निस्किएर घर गए ।'

यस्तै विवादसंगै मुकेशसंग सो गितमा नाचेकी कल्पना शाहीले पनि नेफ्टाका कार्यक्रममा ननाच्ने भएकी छिन् । मुकेश विवाद पश्चात कल्पनाले फोन मार्फत संयोजक उप्रेतीलाई सोधेकी थिईन्, 'दिदी अब म के गर्नु ?' त्यसपछी सम्झनाले 'तिमिले हामीलाई गुन लगाउनको लागि नाचेकी हैनौ आफ्नै प्रोमोशनको लागि हो त्यसैले जे गर्न मन लाग्छ त्यहि गर भन्ने उत्तर दिनुभयो । त्यसपछि  मलाई पनि नरमाईलो फिल भयो अनि ननाच्ने निर्णय गरेको हुँ', कल्पनाले फिल्मीखबरलाई विवादको बिषय खोलिन् । तर मुकेशसंगको विवादका कारण कल्पना ननाच्ने प्रसङ्गलाई संयोजक उप्रेती मुकेश जस्तै कल्पना पनि नाच्न नसकेपछी उनीहरूलाई अवार्डमा नाच्न नदिने निर्णय आफूहरूले गरेको बताउछिन् ।

तीन दिने रिहर्लसल पश्चात मुकेश र कल्पना अवार्डबाट बाहिरिएपछी  नेफ्टाको रिहर्लसल भईरहेको स्थान हिरारत्न हल परिसरमा कहिले सम्म मुकेशले कल्पना च्यापेर हिड्छ हेरौ न भन्ने गफहरू पनि ज्यादै चल्न थालेका छन् तर यो बिषयमा मुकेश आफूहरू मिल्ने साथी मात्र रहेको तर्क गर्छन् ।

नोट : यस अघि प्रस्तोताको रूपमा नेफ्टासंग सहकार्य गरेको टिटीभीको कार्यक्रमबाट जसरी लाईफ टाईम अचिभमेन्टको अवार्ड बसुन्धरा भुषालको पोल्टोमा जाने रहस्य खुलेको छ सोही अनुरूप प्राविधिक संघले यो बर्ष प्राविधिक तर्फ नेपालको पहिलो क्यामेरापर्सन बैकुण्ठ मास्केलाई पनि लाईफ टाईम अचिभमेन्ट अवार्डले सम्मान गर्ने  बुझिएको छ ।