मिति : २०८२ ज्येष्ठ ४, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बन्द भयो विश्वज्योति हल/अपडेट न्यूज सहित

अनुप भट्टराई, काठमाण्डौ, 2012/03/23

क्यू लफडाका कारण आज देखि विश्वज्योति हलमा ताला लागेको छ । नियम विपरित साईडको सिनेमा माई लाईफ चलाईए पछी  निर्माता संघले बिहान ११ बजे देखि हलमा धर्ना दिदै उक्त सिनेमा प्रदर्शनमा रोक लगाएपछी विश्वज्योतिले कुनै पनि सिनेमा प्रदर्शन नगर्ने भन्दै हलमा आफैले ताला लगाएको हो । यस अघि पनि पटक पटक विभिन्न लफडा भए पनि यसरी सटर नै बन्द गर्ने गरी सो हलमा ताला लागेको पहिलो घटना हो ।

'अब हामी कुनै पनि सिनेमा लगाउदैनौ त्यसैले हल बन्द गर्ने निर्णय गरेका छौ', म्यानेजर बच्चुराम बस्नेतले भने । 'डिसिएनले वितरण गरेको सिनेमा माई लाईफ फ्रेस सिनेमा हो त्यसैले यो सिनेमा क्यू नियम मिचेर आउन पाउदैन र विरोध गरेका हौ', धर्नामा रहेका निर्माता संघका अध्यक्ष राजकुमार राईले भने । विवाद झगडाको स्थितिमा परिणत भएपछी बिहान साढे एघार बजे देखि विश्वज्योति हल प्रहरीको निगरानीमा छ ।

गत साता रिलिज भएको रक्षकले एक हप्ते होल्ड ओभर विश्वज्योतिबाट टुटाएको थियो तर क्यूकै अर्को मुख्य सिनेमा हल गंगा भने होल्डओभर टुटेको छैन जस अनुरुप एउटामा होल्ड ओभर टुटेको र अर्कोमा यथावत रहेको यो
एक हप्ते खाली मौकामा विश्वज्योतिले डिसिएनसंगको मिलेमतोमा माई लाईफ चलाएको हो । तर नियम अनुसार क्यूबाट फिल्म चलाउने सिनेमा घरले कहिले काही हुने यस्तो अवस्थामा क्यूकै अर्को सिनेमा रिलिज गर्नुपर्ने हुन्छ  वा त्यो स्थानमा यस अघि रिलिज भएका कुनै पनि सिनेमा रिलिज गर्दा फरक नपर्ने हुन्छ तर फ्रेस सिनेमा माई लाईफ एक्कासी नियम विपरित लाग्दा निर्माता संघले सो बिषयमा आपत्ती जनाएको हो ।

यस्तै निर्माता संघले आपत्ती जनाएपछी प्रोड्यूसर सुरज आरडीले आफू वितरक र हल वालाको चेपुवामा परेको भन्दै विवादबाट उम्किन खोजे । तर उनले भने, 'म निर्माता संघको सदस्य भएका नाताले पनि संघले गर्ने निर्णयलाई मान्नुपर्ने हुन्छ त्यसैले मेरो सिनेमा यहाँ चलाउनु पर्छ नै भन्ने प
क्षमा म छैन ।'

यस्तै नियम विपरित आएको सिनेमा चलाएको बिषयमा निर्माता संघका सचिव सुरेश दर्पण पोखरेलले कानुनको अगाडी कसैसंग कप्रमाईज नगर्ने र कानुन बमोजिम सिनेमा लगाउने प्रयास स्वरुप विश्वज्योति बन्द हुनु स्वाभाविक भनेका छन् । उनीसंगै धर्नाका लागि पुगेका सदस्य सुमन दाहालले आफ्नो पोल्टोमा आएको सिनेलाई जसरी पनि रिलिज गराउने परिपाटीले यहाँ नियमको पनि उपहास भएको बताए  । नियम विपरित फिल्म चलाएको बिषयमा निर्माता संघका अर्का सदस्य रोज राणाले पनि आपत्ती जनाएका छन् । उनले भने, 'बरु क्यू नै खारेज गर्ने प
क्षमा म छु तर यसरी सिनेमा लगाईएको बिषयमा मेरो पनि आपत्ती छ ।'

माई लाईफ चलाएको बिषयमा विरोध जनाउदै निर्माता प्रज्ञा जोशी तथा सुनिल मानन्धर पनि विश्वज्योति परिसरमा थिए । विवाद
प्रहरी चौकी सम्म पुगेपछी चलचित्र संघको उपत्यका सभापति समेत रहेका वितरक सुनिल मानन्धरको अग्रसरतामा  चलचित्र संघमा बैठक बसेको थियो । बैठक पश्चात वितरक मानन्धरले नियम अनुसार सिनेमा चलाउनु पर्ने निर्णय गरेको भन्दै माई लाईफ लगाईएको बिषयमा पनि संघको समेत विरोध रहेको बताए । उनले भने, 'नियम अनुसार जे हुनु पर्ने हो त्यहि निर्णय गर्‍यो ।'  यस्तै नियम मिच्दै बबाल मच्चाएको वितरक डिसिएन महाप्रवन्धक अशोक शर्मालाई यो बिषयमा कुराकानी गर्न फिल्मीखबरले फोन सम्पर्क गरेको थियो तर उनको फोन उठेन ।

यध्यपी डिसिएनका कारण आज एक दिनका लागि सम्पूर्ण शो बन्द भएको पिडामा  हलमा ताला लगाएको विश्वज्योतिले भोलीदेखि हल खोल्छ वा खोल्दैन भन्ने बिषय चासो रुपमा हेरिएको  छ ।

 

अपडेट न्यूज
बार्ता भएन 
विवाद अन्त्य गरी बन्द गरिएको हल खोल्ने बिषयमा  बार्ता गर्ने तयारी भएपनि विश्वज्योति हलका संचालक  डाकिएको बार्तामा नआएपछी विवाद यथावत रहेको छ ।

चलचित्र संघमा निर्माता संघका अध्यक्ष  सहित कार्य समितिका केही  सदस्य र चलचित्र संघका प्रतिनिधिले विश्वज्योति हल संचालकलाई दुई घण्टा सम्म कुरेर नआएपछी बार्ता नभएको सचिव सुरेश दर्पण पोखरेलले जानकारी गराए । पोखरेलका अनुसार पटक पटक विश्वज्योतिका संचाल
मोहन सर्राफलाई फोन गरिदा पनि उनले फोन नउठाएकाले वार्ता हुन नसकेको हो  । देशकै सवैभन्दा पूरानो  विश्वज्योति हल बन्द प्रकारण कसरी अघि बढ्ने हो त्यो बिषयमा निरन्तर अपडेट गराउने छौ ।