मिति : २०८२ ज्येष्ठ ४, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

ब्रेकिङ : बिश्व ज्योती हलले क्यू तोड्यो, प्रहरीको घेरामा हल

फिल्मीखबर, काठमाण्डौ, 2012/03/23

राजधानीको मुटु जमलमा रहेको बिश्व ज्योती सिनेमा भवनले क्यू सिस्टम तोड्दै चलचित्र 'माई लाईफ' चलाए पछि निर्माता संघले हल बन्द गराएको छ ।

 

क्यू सिस्टमबाट 'रक्षक' चलचित्र चलिरहेको र सो चलचित्रको होल्डओभर पुगेको अवस्थामा हलले क्यू बाहिरको नयाँ फिल्म 'माई लाईफ' रिलिज गरेपछि संघले अहिले कुनै पनि शो चल्न दिएको छैन । अहिले हलमा संघका अध्यक्ष राजकुमार राई, सचिव सुरेश दर्पण पोखरेल सहितका सदस्यहरू उपस्थित छन् ।

 

नियम विपरित फिल्म चलाएकोले हल बन्द गरिएको संघका सचिव पोखरेलले फिल्मीखबरलाई जानकारी गराए । यता हल सञ्चालकले सुरक्षाका लागि हल परिसरमा प्रहरी खटाएको छ ।

 

घटनाको बारेमा थप विवरण केहि बेरमा अपडेट गर्नेछौं । फिल्मीखबर हेर्दै गर्नुहोला !