मिति : २०८१ वैशाख २२, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फेसबुक निर्देशकको फेसबुक नै ह्याक

फिल्मीखबर, काठमाण्डौ, 2012/03/23

रिलिजको तयारीमा रहेको चलचित्र 'फेसबुक' का निर्देशक सुरज सुब्बा 'नाल्बो' को फेसबुक अकाउन्ट ह्याक भएको छ । गत मार्च १५ तारिखका दिन अकाउण्ट ह्याक भएको निर्देशक सुब्बाले जानकारी गराए ।

 

आफ्नो चलचित्र 'बाटो मुनिको फूल' लाई जापानको ओसाका फिल्म फेस्टिभलमा स्क्रिनिङ गर्न गएको दिन नै अकाउण्ट ह्याक भएको निर्देशक सुब्बाले बताए । उनले भने, 'एयरपोर्टमा पुगेर स्टाटस अपडेट गर्न लाग्दा अकाउण्ट नै खुलेन । अलि हतारमा भएकाले खासै ध्यान दिईन तर पछि पुन: खोल्न खोज्दा नखुलेपछि ह्याक भएको थाहा पाएको हुँ ।' फेसबुक अकाउण्टसँगै इमेल पनि ह्याक भएपछि सुब्बा निकै तनावमा छन् । उनको स्टाटस अपडेट पनि मार्च १५ नै अन्तिम रहेको देखिन्छ ।
 

ह्याक भए पछि धेरै पटक रिकभर गर्ने ट्राई गरेका सुब्बा अझै सक्सेस भएका छैनन् । चलचित्र फेसबुकको सम्पादन कक्षमा भेटिएका सुब्बा भन्छन्, 'आज अन्तिम पटक ट्राई गर्छु सकिन भने नयाँ अकाउण्ट बनाउछु ।' करिब २५ सय साथी रहेको सो अकाउण्ट गुमाउनु पर्दा निकै दु:खी भएको सुब्बा बताउँछन् । यतिमात्र हैन रिलिजको अन्तिम तयारीमा रहेको चलचित्र सायदको पेज पनि उनैको अकाउण्टबाट खोलिएको थियो । अहिले त्यो अकाउण्ट पनि बन्द छ र चलचित्रका निर्माताले नयाँ अकाउण्ट बनाई सकेका छन् ।

 

ह्याकरले अकाउण्ट चलाई रहे पनि साथीहरूलाई गलत म्यासेज भने नगएको सुब्बाले बताए । 'कस्ले ह्याक गर्‍यो केहि अनुमान लगाउन सकेको छैन', सुब्बाले भने, 'इमेल र फेसबुकको पासवर्ड एउटै भएकोले पनि रिकभर गर्न नसकेको हुँ ।' सुब्बाले आफूले निर्माण गरेका चलचित्रको पब्लिसिटी गर्न फेसबुकलाई गतिलो माध्यम बनाएका थिए । अब फेरि नयाँ साथी बनाउनु पर्ने अवस्था आएकोले सुब्बालाई सायदको पब्लिसिटी गर्न भने गार्‍हो हुने भएको छ ।