Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मौसमीको समय सकिन लाग्यो

फिल्मीखबर, काठमाण्डौ, 2012/03/22

विश्व फिल्मी बजारमा जसरी हिरोईनहरू आफ्नै प्रोडक्सनबाट सिनेमा बनाउन अघि सरेको न्यूजहरू सार्वजनिक भईरहेका छन् सोही अनुरूप हाम्रो मुलुकमा पनि पछिल्लो समय हिरोईनहरू प्रोड्यूसर बन्ने ट्रेण्ड बढ्न थालेको छ । जुन भिडमा कुनै समयकी बहादुर अभिनेत्रीले परिचित मौसमी मल्ल पुनः सिनेमा निर्माणमा सक्रिय भएर आउदैछिन् । 


छोरो विक्कीका लागि सिनेमा बनाउन जुर्मुराएकी मल्लको नयाँ सिनेमाको नाम हो 'समय' । दुई पुस्ताको जेनेरेशन ग्याप सम्बन्धी उक्त सिनेमा गत फागुन १६ गते देखि फ्लोरमा गाएको हो । जसलाई दयाराम दाहालले डाईरेक्सन गरिरहेका छन् । 'अबको दुई दिनमा सिन सकिन्छ र बाँकी एउटा गित काठमाण्डू आएर सुट गर्ने छौं', प्रोडक्सन डिजाईनर कुमार सिलवालले जानकारी गराए ।

सिनेमामा राजेश हमाल, सुशिल क्षेत्रीको साथमा मौसमी पनि लिड रोलमा छिन् । छोरा विक्कीका लागि मौसमीले बनाएको  सो फिल्ममा विक्कीसंगै सुरभी जैनले हिरोईनमा डेब्यू गर्दैछिन् । कलाकारहरूको सन्तानमा कलाकारिताको गन्ध कत्तिको देख्नुभयो त भनी विक्कीको बिषयमा कुरा गर्दा प्रोडक्सन डिजाईनर सिलवाल भन्छन्, 'मैले त सोचेको थिईन उसले यति राम्रो एक्टीङ गर्छ भनेर । सोचे भन्दा राम्रो देख्दा विक्कीको भबिष्य उज्जवल मैले देखें । विशेष गरी फाईटमा जम्नु नै विक्कीको प्लस पोईन्ट हो ।'  

 

सिनेमामा रोशन श्रेष्ठले फाईट डाईरेक्सनको जिम्मा पाएका छन् । यस्तै लक्ष्मण शेषको संगीतमा डान्सपार्ट गोविन्द राईले हेरेका छन् भने रेड फोर के क्यामेरा चलाउदै विष्णु कल्पितले दृश्य खिचिरहेका छन् भने कथा ब्रजेश खनालले लेखेका हुन् । नारायणघाटको विभिन्न लोकेशनमा सुट भैरहेको 'समय' आउदो तिजको छेकोमा रिलिज गर्ने मौसमीको योजना छ । सिनेमामा मोसमीको जिवनमा घटेका रियल घटनालाई पनि समावेश गरिएको बताईएको छ । 'समय' टोली शनिबार सम्म काठमाण्डू फर्कने छ ।