
नायिकाको टपलेस फोटो सार्बजनिक भए देखि विवाद र चर्चाको शुरुवात भएर ट्रफिकले पोष्टर हटाएको कुराले रिलिज अघि नै अत्यधिक चर्चा पाएको थियो चलचित्र चपली हाइटले । रिलिजको पहिलो दिन नै सर्वाधिक व्यापार गर्ने चलचित्रको रुपमा रेकर्डको चर्चासँगै पूर्वमा एमाले निकट यूवा संगठनले प्रदर्शनमा रोक लगाउने घोषणा गरेको सम्मको पछिल्लो चर्चासँगै प्रदर्शनरत चलचित्र चपली हाइटले आज विहिवार सम्म पूर्वमा पनि उत्साहजनक व्यापार गर्दै दास्रो साताको प्रदर्शनको यात्रा पक्का गरेको छ ।
यौन मनोविज्ञानमा आधारित चलचित्र चपली हाइट दर्शकको प्रतिक्षा र चासो बिच भोलिदेखि धरानमा प्रदर्शन हुँदैछ । चलचित्र चपली हाइट देशको अरु भागमा प्रदर्शनमा आएको एक साता पछि गणेश टाकिज धरानमा प्रदर्शन हुन लागेको हो । हाल पूर्वमा निलकण्ठ दमक, भिलेज उर्लाबारी, सुकुना विराटचौक, भुषण वाँसवारी, किरण झुम्का र हिमालय विराटनगरमा चलचित्र प्रदर्शनरत छ ।
केहि समय अघि हिमालय टाकिज विराटनगरमा एमाले निकट यूवा संगठनले चलचित्र प्रदर्शनमा अवरोध गर्न खोजेको समाचार आएसँगै बुधबार निलकण्ठ दमकमा पनि ४५ मिनेटको अबरोध पछि चलचित्र प्रदर्शनमा आएको थियो । चलचित्र चपली हाइट चाँडै नै नेपाली चलचित्रको व्यापारको लागि पूर्वको अर्को राम्रो स्टेशन विर्तामोडमा पनि प्रदर्शन हुने पूर्वाञ्चल वितरक सन्जु पराजुलीले जानकारी गराए ।
यस्तै भोली शुक्रबारबाट दुई नयाँ चलचित्र 'माई लाईफ' र ‘दिलमा सजाएँ तिमीलाई’ प्रदर्शनमा आउँदैछन् । जीवन रसाइलीले निर्देशन गरेको 'माई लाईफ' मा झरना थापा, सुरज आरडी, स्नेहा शर्मा, यशराज, अयुव केसी, मिलन शंकर लगायतले अभिनय गरेका छन् । यस्तै निरज घिमिरेले निर्देशन गरेको चलचित्र 'दिलमा सजायँ तिमीलाई' मा आयुष रिजाल, आमिर गौतम र युना उप्रेतीको मुख्य भुमिका रहेको छ ।