मिति : २०८२ ज्येष्ठ ४, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

संयोग ! ऋचाका सबै फिल्म नाम उस्तै

फिल्मीखबर, काठमाण्डौ, 2012/03/22

चलचित्र 'नाइ नभन्नु ल' बाट रजतपटमा पाईला टेकेकी नायिका ऋचा सिंह ठकुरी पछिल्लो समय निकै व्यस्त बनिन् । पहिलो चलचित्रले सफलता पाए लग्गतै उनलाई थुप्रै चलचित्रमा प्रस्ताव आए त्यसैले त उनले तीन बर्षको पिरियडमा सात वटा चलचित्रमा काम गर्ने अवसर पाईन । यसलाई ऋचा सफलताको सिंढीको रूपमा लिन्छिन् ।

 

रमाईलो प्रसङ्ग के छ भने ऋचाले अभिनय गरेका सबै चलचित्रका नाम उस्तै उस्तै लग्छन् । प्रेमकथामा आधारित पहिलो चलचित्र 'नाइ नभन्नु ल' देखि सातौं चलचित्र 'धडकन भित्र' सम्मका सबै नाम उस्तै छन् । नाइ नभन्नु ल, म तिम्रो भइसकें, मन मनै मन पराएँ, मन पराएँ माया लाएँ, माया गर ल, नबोलेनी हाँसि राख न र धडकन भित्र नाम सुन्दा सबै उस्तै लाग्छन् । ऋचा यसलाई संयोगको रूपमा लिन्छिन् तर किन यस्तो भयो भन्ने बारेमा आफै प्रश्न पनि गर्छिन् ।

 

फिल्मीखबरसँगको कुराकानीमा ऋचाले ठ्ट्याउली पारामा भनिन्, 'म मायालु भएर होला मेरो फिल्मको नाम सबै उस्तै मायाप्रेमका भएको ।' मायाप्रेमका नामहरू प्राय उस्तै सुनिने हुनाले पनि यस्तो संयोग परेको हुनसक्ने ऋचाको ठम्याई छ । तर उनी मायाप्रेमका चलचित्र मात्र नभएर अन्य फरक कथाका चलचित्रमा पनि काम गर्न सक्ने बताउँछिन् र उनको आगामी चाहना पनि अलिक फरक चलचित्रका काम गर्नु रहेको छ । ऋचा भन्छिन्, 'अब अलि फरक नामको फरक कथामा काम गर्नु पर्ला ।'

 

नाम उस्तै भए पनि आशा गरौं उनका रिलिज हुन बाँकी चलचित्रका हामी फरक काम देख्न पाउने छौं । र, यो संयोग सधैं भरी संयोगको रूपमा नरहोस् नत्र ऋचालाई आरोप लाग्नेछ कि उनी यस्तै चलचित्रमा मात्र फिट छिन् । कि कसो ?