मिति : २०८२ ज्येष्ठ ४, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

लाईफटाईम अचिभमेन्ट अवार्डको बिषयमा नेफ्टाको रहस्य चुहावट

फिल्मीखबर, काठमाण्डौ, 2012/03/21

लाईफ टाईम अचिभमेन्ट अवार्ड जुन अवार्ड एउटा श्रष्टाको जीवनमा सवैभन्दा ठूलो सम्मान हो जुन सम्मान रहस्यात्मक ढङ्गले पाउनुको मज्जा छुट्टै हुन्छ । तर त्यो मज्जामा अवार्डसंग सम्बन्धीत रहेका ब्यक्तिले होस नपुर्‍याउँदा गोप्य राखिनुपर्ने बिषय चुहावट भएको छ ।

 

मनोरञ्जन क्षेत्रसंग सम्बन्धीत रहेर दिईने विभिन्न कार्यक्रममा लाईफटाईम अचिमेन्ट अवार्ड कार्यक्रम हुँदा हुँदै वा त्यसको अघिल्लो दिन मिडियाले थाहा पाउछ तर देशकै ठूलो भनी प्रचार भैरहेको नेफ्टा अवार्डको बिषयमा अर्न्तवार्ता दिने क्रममा सो रहस्य चुहावट भएपछी नेफ्टाको गोपनियता भङ्ग भएको हो ।

तराई टिभी मार्फत बुधबार बेलुकी प्रसारित साप्ताहिक मनोरञ्जनात्मक कार्यक्रम ई–डब्लूमा अर्न्तवार्ता दिने क्रममा नृत्य निर्देशक शंकर विसीले उक्त रहस्य खोलिदिंदा यस बर्ष प्रदान गर्न लागेको लाईफ टाईम अचिभमेन्ट अवार्ड अभिनेत्री बसुन्धरा भुषालको पोल्टोमा जान लागेको रहस्य बाहिरिएको हो । कार्यक्रमका लागि रिहर्लसल भैरहेको स्थानमा गएर तयार गरिएको उक्त रिपोर्टमा शंकर अलि बाठो भएपछी उनले नेफ्टाको रहस्य खोलिदिएका हुन् । लोक गितका हिरो शंकर पछिल्लो समय सिनेमामा कोरियोग्राफरको रूपमा आफूलाई जमाईरहेका छन् । जसलाई नेफ्टाले कार्यक्रमका लागि कोरियोग्राफीको जिम्मा दिएको छ ।
 

यस्तै श्रोत अनुसार नेफ्टाको रिहर्लसल भैरहेका बेला अभिनेता मुकेश आचार्यसंग आयोजकको विवाद भएको छ । टाउको दुखेको भन्दै मुकेशले रिहर्लसलमा सहभागी हुन आनाकानी गरेपछी विषयले विवादको रूप लिदा मुकेशलाई प्राविधिक संघले आफ्नो कार्यक्रममा सहभागीता जनाउन नदिने निर्णय गरेको बुझिएको छ । तर विवादको बिषयमा आयोजक मौन छ । यस्तै गत बर्ष पनि नेफ्टाको रिहलर्सल कार्यक्रममा हरोईन सुमिना घिमिरे र सुष्मा कार्कीको ठूलो झगडा भएको थियो । 

 

चैत्र १८ गते हुने नेफ्टा अवार्डमा यो बर्ष महानायक राजेश हमालले बसुन्धरा भुषालको विभिन्न कमेडी गितमा आफ्नो डान्स देखाउने छन् भने सधै जसो छोटो लुगामा कम्मर मर्काउने रेखा थापाले गीत गाउने छिन् । यस्तै कार्यक्रममा सुमिना घिमिरेले डेब्यू फिल्म दुलही र फष्टलभको गितमा डान्स देखाउने छिन् । कार्यक्रममा रेजिना उप्रेती, सुष्मा कार्कीले पनि आफ्नो प्रस्तुती राख्दैछन् ।

 

नोटः सेक्स भिडियो काण्ड भए लग्गतै नायिका नम्रता श्रेष्ठले दुई बर्ष अगाडी गरिएको केटिभी नेफ्टा अवार्डको कार्यक्रम सञ्चालन गर्न लागेको कुरालाई फिल्मीखबरले ब्रेकिङको रूपमा प्रस्तुत गरेको थियो । फिल्मीखबरको समाचार थाहा पाए लग्गतै नायिका श्रेष्ठलाई हटाएर कार्यक्रम सञ्चालनको जिम्मा नायक निखिल उप्रेती, राजबल्लभ कोईराला र नायिका निशा अधिकारीलाई दिईएको थियो । यसरी नेफ्टा अवार्ड आफ्नो गोपनियताको बिषयमा कमजोर भएको देखिन्छ । आशा गरौं आगामी दिनमा आफ्नो गोपनियताको बारेमा नेफ्टा अवार्ड अब्बल हुनेछ ।