
चलचित्र विकास बोर्डको दश बुँदे कार्य योजनालाई पूर्ण असफल बनाउने तयारीका साथ चलचित्र संघले आज केन्द्रिय भेला डाकेको छ ।
विकास बोर्डले योजना सार्वजनिक गरेको भोलिपल्ट फागुन ३० गते प्रेस विज्ञप्ती जारी गर्दै उक्त योजनाको बिषयलाई लिएर चरणबद्ध आन्दोलन घोषणाको रणनीति तयार पार्ने उद्देश्य स्वरूप आजको लागि केन्द्रिय भेला डाकेको संघले जनाएको छ । भेलासँगै संघले आज अपरान्ह ४ बजे प्रेस मिट गरी सार्वजनिक दश बुँदे नितिको बिषयमा आफ्नो भनाई र अडान सार्वजनिक गर्दैछ ।
विशेषत बक्स अफिस स्थापनाको बिषयमा संघले बोर्ड प्रति आफ्नो प्रत्यक्ष असन्तुष्टी जनाएको हो । जसमध्ये दश बुँदे कार्ययोजनालाई फेल खुवाउन संघले बक्स अफिस स्थापनाको बुँदालाई आफ्नो केन्द्रिय गोट्टी बनाएको हो । हेरौ संघले अघि सारेको बक्स अफिसको गोट्टी कता ढल्किने हो...