
आर्यन सिग्देलका फ्यानहरूलाई खुशीको खबर । सात महिने विश्राम पश्चात मिस्टर सिग्देलले नयाँ सिनेमा गर्दैछन् । स्क्रिप्टमा निकै चुजी आर्यन महंगा कलाकार पनि हुन् तर समय सापेक्ष बग्ने योजना अनुरूप आर्यनले आफ्ना विविध अडानलाई तत्काल रोकेका छन् । जस अनुरूप आर्यनले प्रस्ताव आएका दुई मध्ये एक सिनेमा गर्ने करिब पक्का छ ।
'धुँवा' राम प्रसाद रिजालको सिनेमा हो जसमा दुई अभिनेत्री फाईनल भैसकेका छन् भने अभिनेता फाईनल हुन अझै बाँकी छ तर सो सिनेमा खेल्नका लागि आएको प्रस्तावको बिषयमा तत्काल उनले कुनै डिसिजन दिएका छैनन् । उनले कलिउड सिनेमा खेल्ने बिषयमा भने ग्रिन सिग्नल दिएका छन् । केही दिन अघि प्रेस मिट मार्फत एनाउन्स गरिएको कलिउडमा नायक गोप्य राखिएको थियो तर गोप्य योजनाको प्रस्ताव आर्यनको भागमा पुगेको खबर प्राप्त भएको छ ।
प्राप्त खबर अनुसार सिनेमाको कहानीले भरपुर कलिउडमा आर्यन अब स्टारको रूपमा परिचित हुदैछन जसका लागि कलिउड टिमले आर्यनलाई केही दिनमा साईन गराउने पनि बुझिएको छ । तर यो बिषयमा कुरा गर्दा आर्यनले प्रस्ताव आएर मौखिक सहमति भएको एग्रीमेन्ट हुन बाँकी रहेको जानकारी गराए । 'उहाँहरूले आजभोली एग्रीमेन्ट गर्ने कुरा गर्नु भा'को छ हेरौ त्यति बेलासम्म मुड के हुन्छ', आर्यनले फिल्मीखबरलाई भने ।
कलिउड नायिकाले सिनेमा लाईनमा प्रवेश गर्दाको विविध उतार चढावलाई समेटिएर निर्माण गरिन लागिएको सिनेमा हो जसलाई भिजे नवराज आचार्यले डेब्यू सिनेमाको रूपमा निर्देशन गर्दैछन् । चलचित्रलाई कुमार खड्काले निर्माण गर्नेछन् भने मुख्य भुमिकामा बिष्णु कार्की पनि देखिने छन् ।