मिति : २०८२ ज्येष्ठ ४, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

चपली हाईटको प्रदर्शनमा युथफोर्सको अबरोध

फिल्मीखबर, काठमाण्डौ, 2012/03/20

सिनेमामा प्रयोग गरिएको सम्बादमा आपत्ती जनाउदै एमाले निकट  युथफोर्स कार्यकर्ताले 'चपली हाईट'को प्रदर्शनमा अबरोध पुर्‍याएका छन् । करिब चार सय संख्यामा पुगेका युथफोर्सले बिराटनागरको मुटुमा रहेको हिमालय टाँकिजमा आज अपरान्ह विरोध जनाउदै फिल्म प्रदर्शनमा अबरोध पुर्‍याएका हुन ।

 

अबरोध किन पुर्‍याएको भन्दै फिल्मीखबरले  युथफोर्स मोरङका कोषाध्यक्ष मुकेश बुढाथोकीसंग कुरा गर्दा उनले भने, 'यो सिनेमामा प्रयोग गरिएको छाडा शब्दले समाजमा नकारात्मक सन्देश दिएको साथै सिनेमा हेर्न बालबालिका तथा ड्रेसमै विद्यार्थीहरूलाई देखेपछी बाध्यभएर भत्सर्ना स्वरूप कार्यक्रम गरेका थियौ जसबाट शो केही बेर अबरोध भएको हो ।' यस्तै बुढाथोकीले समाज सुधार प्रतिको आफ्नो कर्तव्य ठान्दै  युथफोर्सले देश ब्यापी रूपमा यस्ता सिनेमाको प्रदर्शनमा अबरोध पुर्‍याउने पनि उदघोष गरे । बुढाथोकीले भने यो पहिलो प्रयास हो तर यो अभियानलाई देशब्यापी रूपमा अगाडी बढाउछौ ।

 

फिल्मको कथाले मागेको सम्बाद त राख्न पाईहाल्यो नि ! त्यसमाथि पनि ईच्छा गर्नेले टिकट काटेर हेर्ने हो तसर्थ अबरोध अलि जायज देखिएन नि भन्ने प्रश्नमा उनले भने, 'विशेषत यो आन्दोलन सेन्सर बोर्ड निकाय प्रति मुख्य केन्द्रित हो । हामीले हलमा स्कल र कलेजको ड्रेसमा धेरै विद्यार्थी देख्यौ तसर्थ कलेज छाडी गएको यो प्रसङ्गलाई हामीले हेरिरहन सकेनौ र विरोध स्वरूप सो कार्यक्रम गरेका हौ । विरोध  युथफोर्स  मोरङ अध्यक्ष रविन थापाको नेतृत्वमा थियो ।


यस्तै फिल्मीखबर पूर्वाञ्चल प्रतिनिधि अर्पण ढकालले दिएको जानकारी अनुसार केही बेरको लफडापश्चात सिनेमा हल संञ्चालकसंगको बार्ताबाट विवाद साम्य भएको छ । यस्तै सरकारी निकायबाट बैधानिकता पाएको सिनेमा प्रदर्शनमा अबरोध पुर्‍याएको प्रसङ्गलाई चलचित्र बिकास बोर्डले आपत्ती जनाएको छ । बोर्ड प्रवक्ता विकास आचार्यले यो बिषयमा भने 'प्रजातान्त्रिक मुलुकमा विरोध गर्न पाउनु युथफोर्सको अधिकार हो तर सेन्सर बोर्डले समेत स्वकृत गरेको सिनेमा प्रदर्शन रोकिएको बिषयमा हाम्रो आपत्ती छ । तर युथफोर्सले सिनेमा हेर्न बालबालिका र डेसमा विद्यार्थी गएको प्रसङ्गमा उठाएको आवाजप्रति बोर्डको ध्यानकर्षण भएको छ । '