
पार्श्व गायनमा अब्बल गायक राजेश पायल राई जो विभिन्न रेकर्ड राख्ने धुनमा पछिल्लो समय ब्यस्त छन् । चर्चाको शिखर अन्तिम लक्ष्य स्वरूप गिनिज बुक अफ दि वर्ल्ड रेकर्डमा आफ्नो नाम दर्ता गराउने विभिन्न प्रयास गरिरहेका राईले विभिन्न भाषामा गित पनि गाईसकेका छन् । केही समय अघि जापनिज भाषामा एक गीत गाएका राईले एक महिना अघि लिम्बु भाषाको आधा दर्जन गित छोटो समयमा गाएर विभिन्न चर्चा पनि बटुले । जस अनुरूप चर्चाको नयाँ श्रृङखला आजबाट उनको पर्सनल डायरीमा फेरी थपिएको छ ।
हिन्दी सिनेमा तिस मार खानको चर्चित गित शिलाकी जवानी वाक्यलाई भारतको चर्चित म्यूजिक उत्पादन कम्पनी टि–सिरिजले आफ्नो अपकमिङ भोजपुरी एल्वमको टाईटल दिएको छ जहाँ राजेश पायलले गाएका ९ वटा गीत समावेश हुदैछ । मंगलबार प्रेस मिट मार्फत भोजपुरी एल्बम 'शिलाके जवानी' मा गाउने बिषयमा राईले एग्रीमेन्ट पेपरमा हस्ताक्षर गरेका छन् । एग्रीमेन्ट पेपरमा नेपालको जनकपुर तथा भारतको मुम्बईमा रहेको मिथिला मल्टी मिडिया फिल्म प्रालिका तर्फबाट टिसिरिज को-अर्डिनेटरको रूपमा सन्तोष राजले हस्ताक्षर गरे । सन्तोष राजेश पायलले गाउने गीतका संगीतकार पनि हुन् । जसले राजेश पायलको स्वरलाई भोजपुरी बाहुल्यता रहेका आफ्नो क्षेत्रमा चर्चित बनाएर मनग्गे पैसा कमाउने लक्ष्य लिएका छन् ।
कार्यक्रममा दिईएको जानकारी अनुसार आउदो चैत्रको अन्तिम सातादेखि गित रेकर्डिङ कार्य सुरू हुनेछ जहाँ भोजपुरी सिनेमाको पार्श्व गायनमा नाम कमाएकी गायिका कल्पनाले एक गीतमा राजेशपायलाई साथ दिनेछिन् । मुम्बईमा म्यूजिक एरेन्ज गरेर ट्रयाक तयार भएपछी राजेश पायलले ती गितमा भोकल भर्ने छन् तर नेपालमा । राईले भने, 'कलाकार र संगीतको कुनै पनि सिमा हुँदैन जसअनुरूप पहिलो पटक भोजपुरी भाषामा गित गाउदैछु तर आफ्नो माटोको गन्धलाई बिर्सन नसक्ने हुनाले गितको भोकल भने नेपालकै स्टूडियोबाट गरिने सम्झौता भएको छ ।'
भोजपुरी मार्केटमा नेपाली कलाकारहरूको आकर्षण बढिरहेका बेला राईले ९ वटा गित कति रकम लिएर गाउन लागेका हुन् भन्ने प्रश्नमा रकम खुलाईएन तर एग्रीमन्ट पेपरलाई होसियार पूर्वक राख्न नसक्दा उक्त पेपरलाई फिल्मीखबरले आफ्नो क्यामेरामा कैद गर्न सफल भएको छ । एग्रीमन्ट पेपरमा ९ वटा गीतका लागि राईले दुई लाख नेपाली रूपैयामा सम्झौता गरेको उल्लेख छ । एग्रीमेन्ट पेपर यस्तो छ ।