मिति : २०८२ ज्येष्ठ ४, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सिने जर्नलिष्टलाई सोभितको सरप्राईज

फिल्मीखबर, काठमाण्डौ, 2012/03/20

मिडियालाई कसरी आफ्नो आकर्षणमा पार्न सकिन्छ भन्ने बिषयमा निकै निपूर्ण छन् निर्देशक सोभित बस्नेत । त्यसैले त उनका हरेक गतिविधि मिडियामा न्यूज म्याटर पनि बनिरहेका हुन्छन् । सोभित जो आफूलाई मिडियाले पब्लिसिटीमा सहयोग गरी ऋण लगाएका छन् र तीनका प्रतिनिधिलाई उनले सम्मान गर्न पनि बिर्सदैनन् रहेछन् । हुन त मिडियालाई आफ्नो मुठ्ठीमा पर्ने सोभितको यो नयाँ कुटनीतिक चाल पनि हुन सक्छ तर जे होस सोभितले सिने जर्नलिष्टको चलचित्रकर्मी बन्ने थोरै बहुत ईच्छालाई मंगलबार पुरा गरिदिएका छन् ।


चैत्र १७ गते देखि ७२ सिनेमा घरमा एकैसाथ रिलिज हुन लागेको सिनेमा 'दुलही रानी' को म्यूजिक लन्च समारोहमा सोभितले नयाँ फिल्म 'जाऊ हिड पोखरा' को पनि शुभ मुर्हुत गराए । जुन शुभमुर्हत समारोहमा प्रमुख अतिथि देखि सभापति अनि मुर्हुत सटका लागि नरिवल फोड्ने, क्ल्याप हान्ने तथा क्यामेराको स्वीच अन गर्ने र डाईरेक्सनको लाउड भ्वाईस बोल्ने सवै जर्नलिष्ट नै देखिए ।


१६ बर्षे चलचित्र पत्रकारिताको निरन्तरतामा रहेका पत्रकार कृष्ण भट्टराई जो हाल कान्तिपुर साप्ताहिकका सह-सम्पादक हुन् उनी पहिलो पटक सिनेमाको कार्यक्रममा प्रमुख अतिथि हुँदा दङ्ग देखिन्थे । कार्यक्रममा बोल्दै भट्टराईले भने, 'यसरी सिनेमाको कार्यक्रममा प्रमुख अतिथि हुने कुरा सोचेकै थिईन तर सरप्राईको रूपमा सोभितजीले दिएको यो सम्मानलाई सिनेमा क्षेत्रमा मैले पुर्‍याएको योगदानको मूल्याकंन भएछ है भन्ने रूपमा लिएको छु ।' यस्तै १५ बर्षे सिने पत्रकारितामा पहिलो पटक सभापतिको आसन ग्रहण गरेका ध्रुव लम्सालले पनि अचम्मित हुदै सोभितले दिएको सम्मानलाई आत्मसाथ गर्दै उक्त सम्मानलाई पत्रकारको सहयोगको प्रतिफल भन्दै स्वाभाविक प्रक्रियाको रूपमा अर्थाए ।

 

त्यसैगरी राजन घिमिरे जो नेपाल टेलिभिजनबाट  विगत ८ बर्षदेखि क्ल्यापबोर्ड कार्यक्रम  चलाईरहेका छन्  उनी पनि कार्यक्रममा सम्मानको पात्र हुदै नरिवल फोडेर हर्षित भएका थिए । उनले भने 'यस अघि एउटा सिनेमाको कार्यक्रममा पनि मैलै नरिवल फोडेको थिए तर आज सवै पत्रकारसाथीसंग शुभमूर्हत सर्ट दिदा अर्कै मज्जा आउदो रहेछ । '


११ बर्षे पत्रकारिताको अनुवभमा तेस्रो पटक क्ल्याप ठेकेका एभिन्यूज टिभीका उत्तम गौडेलले सोभितले पत्रकारलाई दिएको सप्राईज सम्मानलाई पत्रकार र चलचित्रकर्मीको सम्बन्ध सुमधुर गर्ने प्रयासको एउटा उदाहरण भनेका छन् । त्यस्तै ६ बर्षे चलचित्र पत्रकारितामा पहिलो पटक शुमहूर्तका लागि स्वीच अन गरेका फिल्मीखबरका प्रधानसम्पादक सुमन गैरेले थोरै भए पनि शोभितले जर्नलिष्ट प्रति देखाएको यो ईज्जतलाई सकारात्मक रूपमा हेर्नु पर्ने बताए । शुभमूर्हत समारोहमा जर्नलिष्ट बिजय आवाज जो तराई टिभीमा कार्यरत छन् उनले मुर्हतमा टिम अफ दि क्याप्टेनको भूमिकामा आफूलाई अकस्मात पाउदा तीन छक्क परेको बताए । उनले भने, 'जिन्दगीमा सोचेको थिईन यस्तो सम्मान पाईला तर आज अकस्मात सोभितजीले दिएको सप्राईजले मन प्रफुल्लित भएको छ ।'

 

कार्यक्रममा 'जाऊ हिड पोखरा' को शुभ-मूर्हत भए पनि काष्ट र क्रु फाईनल नभएको जनाईएको छ । जसलाई राम गौतमसंग मिलेर सोभितले निर्देशन गर्न लागेका हुन् । यस्तै उक्त कार्यक्रममा सोभितले यो बर्ष तेस्रो नम्बर अनि आफ्नो जीवनकालको २४ औँ नम्बरको सिनेमा 'दुलही रानी' को तीन वटा प्रोमो, दुई वटा गीत पनि सार्वजनिक गरे । सिनेमामा दुलही रानी भएर रागिनी खड्गी लिड रोलमा छिन् । जहाँ जयकिसन बस्नेत, मुकेश आचार्य, मौसमी मल्ल, रबिन्द्र खड्का तथा नव प्रस्तुतीमा पेशला कटुवाल, सविना कार्की, जिके शर्मा र रूपेश न्यौपानेले पनि प्रमुख कलाकारको भूमिका निभाएका छन् । सार्वजनिक दुलही रानीको गीतमा मनोहर सुनामको संगीत छ जो म्यूजिक लन्चमा उपस्थित थिएनन् ।