चलचित्र बिकास बोर्डले सार्वजनिक गरेको दश बुँदे योजना मध्ये मिडियाको अगाडी मर्निङ शो खारेजी र बक्स अफिसको बिषयमा असन्तुष्टी जनाएको चलचित्र संघले बोर्डको सम्पूर्ण बुँदालाई असफल पार्ने तयारी गरेको छ ।
संघ स्रोत अनुसार बोर्ड अध्यक्ष गणेश भण्डारीको दीर्घकालिन भिजन नरहेको आरोप लगाउदै संघले बोर्डका नितिमाथि खिल्ली उडाउदै सार्वजनिक गरिएको कुनै पनि बुँदा कार्यान्वयन नहुने दाबी गरेको छ । एक साता अघि बिकास बोर्डले चलचित्र उद्योगको उत्थानका लागि भन्दै दश बुँदे कार्ययोजना सार्वजनिक गरेको थियो जस मध्ये कुनै पनि योजना दीर्घकालिन प्रभाव पार्ने प्रकृतिको नभएको भनी असन्तुष्टी जनाउदै संघले बोर्डको योजना असफल पार्न लागेको श्रोत भन्छ ।
यस्तै विवादित बिषयलाई पार लगाउने योजना अनुरूप बोर्डसंग मिलेर चार सदस्य कार्यदल गठनको बिषयलाई संघले देखावटी बर्ता टोलीको रणनीति बनाएको छ । जस अनुरूप भोली मंगलबार संघले आफ्नो तर्फबाट दुई सदस्य बार्ता टोलीको नाम पनि घोषणा गर्दैछ । बार्ता टोलीमा विवादित बिषयलाई किनारा लगाउन नसक्ने ब्यक्ति छनौटको तयारी टुङगो लागिसकेको श्रोत बताउछ ।
यस अघि गत शुक्रबार संघले आफ्नो असन्तुष्टीको बिषयमा बोर्डसंग छलफल गरेको थियो जस अनुरूप चार सदस्य कार्यदल गठन गरी असन्तुष्टीको बिषयलाई पार लगाउने बताईएको थियो तर चैत्र ८ गते बस्ने संघको केन्द्रिय भेलाले बोर्डको दश बुँदे नितिलाई पूर्ण असफल पार्ने रणनीति कसेको छ ।
चलचित्र संघले बोर्डले आफ्नो भवनमा गर्न लागेको सेन्सरको बिषयमा पूर्ण आपत्ती जनाउने तयारी पनि गरेको छ । जस अनुरूप चलचित्रको सेन्सर बिकास बोर्डमा गरिने भए भवन बापतको दश लाख क्षतिपूर्ति माग्ने तयारी संघले गरिरहेको छ । किनकी सेन्सर बोर्डको हल तत्कालिन श्रीपाँचको सरकारले पत्र काट्दै संघले बनाएको थियो जसलाई अहिले मोडिफाई गरी संघले सिनेमा हल जस्तो अडिटोरियम बनाउने तयारी करिब पूरा गरिसकेको छ ।
यध्यपी बिकास बोर्डको बिषयमा संघले आफ्नो पाईला कसरी अघि बढाउने हो त्यो भने चैत्र ८ गतेका लागि तय गरिएको भेलाले टुङगो लगाउने छ । जसबाट आन्दोलनका कार्यक्रम घोषणा हुन सक्ने सम्भावना संघले यस अघि प्रेस रिलिज मार्फत जनाइसकेको छ ।

