मिति : २०८२ आषाढ ३, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

इन्टर कलेज फिल्म फेस्टिभल हुँदै

फिल्मीखबर, काठमाण्डौ, 2012/03/18

नेपाली चलचित्र प्रतिको मोह दर्शाउँदै काठमाण्डू कलेज अफ म्यानेजमेन्टले इन्टर कलेज फिल्म फेस्टिभल गर्ने भएको छ । देशभरका कलेजहरूले प्रत्यक्ष सहभागीता जनाउन सक्ने सो फिल्म फेस्टिभलमा ५ देखि ८ मिनेट सम्मका छोटा चलचित्रहरू निर्माण गरि प्रतिष्पर्धामा आउन सकिने आयोजक कलेजले जनाएको छ ।

 

प्रतिष्पर्धाका लागि गत फेब्रुअरी २९ तारिखका दिन देखि फर्म खुल्ला गरिएको जानकारी गराउँदै आयोजकले फर्मको अन्तिम मिती २४ मार्च तोकेको छ । निर्माण गरिएका चलचित्र मार्च २९ तारिख भित्रमा आयोजकलाई बुझाई सक्नुपर्नेछ । फेस्टिभलमा सहभागी हुन चाहने प्रतिष्पर्धीले फिक्सन या नन-फिक्सन कुनै पनि बिषयमा चलचित्र बनाउन सक्नेछन् । नन-फिक्सन अर्न्तगत लोडसेडिङ, पेट्रोल, बन्द हडताल, क्राईम जस्ता बिषय छनोट गरेर फिल्म बनाउन सकिनेछ । यस्तै फेस्टिभलमा सामाजिक सन्देश दिने ३० सेकेण्डको Public Service Announcement (PSA) निर्माण गरी प्रतिष्पर्धामा आउन सकिने छ ।

 

फेस्टिभलमा सहभागी चलचित्रहरूलाई अप्रिल ७ तारिखका दिन राजधानीमा गरिने फिल्म प्रदर्शनबाट जुरीहरूले घोषणा गरेको उत्कृष्ट चलचित्रलाई पुरस्कृत गरिनेछ । यस्तै मोस्ट पपुलर पि.एस.ए. लाई नगद रू ४,००० प्रदान गरिनेछ भने फेस्टिभलमा पोस्टर कम्पिटिशन पनि गराईने छ र मोस्ट पपुलर पोस्टरलाई नगद रू ४,००० प्रदान गरिनेछ ।

 

केसिएम कलेजका युवा बिधार्थीहरूको पहलमा आयोजन गर्न लागिएको सो फेस्टिभलमा प्रविणता प्रमाणपत्र तह, स्नातक तह तथा स्नातकोत्तर तहका बिधार्थीहरूले सहभागीता जनाउन सक्नेछन् । छोटो चलचित्रका लागि फर्मको मूल्य रू ५०० तोकिएको छ भने पि.एस.ए. का लागि रू २५० तोकिएको छ । फेस्टिभलका जुरीहरूको नाम केहि दिनमा सार्वजनिक गरिनेछ । फर्म हिमालय टेलिभिजनको वेभसाईट www.himalayatv.com या काठमाण्डू कलेज अफ म्यानेजमेन्टबाट लिन सकिनेछ । फर्म फिल्मीखबर डटकममा पनि उपलब्ध छ ।