मिति : २०८२ ज्येष्ठ ४, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

माइ लाईफमा डिफरेन्ट टेस्ट छ - निर्देशक रसाईली

असिफ गुरूङ, , 2012/03/18

आउँदो शुक्रबार चलचित्र 'माई लाइफ' रिलिज हुँदैछ । यहि चलचित्रको बारेमा निर्देशक जीवन रसाईलीसँग सञ्चारकर्मी असिफ गुरूङले गरेको कुराकानीको सम्पादित अंश -


माइ लाईफ कस्तो किसिमको मुभी हो ?
माइ लाईफ एउटा रिभेन्ज थ्रील लभ स्टोरी हो । यसमा टेक्निकल्ली अरु मुभी भन्दा फरक गर्ने कोसिस गरेका छौं । स्पेसल ग्रफिक्स अनि ब्याकग्राउन्ड म्युजिक, सिनेमाटोग्राफी पनि नयाँ तरिकाले प्रस्तुत गर्ने कोसिस गरेका छौं । अब दर्शकहरुले यसलाई कत्तीको मन पराउने हो त्यो दर्शकको हातमा नै छ ।
 
अहिले अलिक फरक धारका चलचित्रहरूले राम्रो ब्यापार गरी रहेको अवस्थामा तपाईंको चलचित्रले राम्रो गर्नेमा कत्तिको ढुक्क हुनुहुन्छ ?
आफुले बनाएको चलचित्र प्रति त जो कोही पनि आसाबादी त हुन्छ नै तर अहिले नेपालमा अलिक डिफरेन्ट टाईपको चलचित्रहरुको ट्रेन्ड छ I माइ लाईफमा पनि मैले डिफरेन्ट टेस्ट दिने कोसिस गरेको छु जुन अहिलेको न्यू जेनेरसनलाई टार्गेट गरिएको छ । रिलिज हुन अब धेरै दिन बाँकी छैन त्यसैले म एकदम एक्साईटेड भएको छु ।

तपाईंको यो फर्स्ट मुभी डाइरेक्सन कस्तो अनुभव रहयो ?
मेरो फर्स्ट मुभी भएता पनि मैले यस भन्दा अगाडी मैले धेरै नै म्युजिक भिडियोहरु गरिसकेको छु । धेरै नै कलाकारहरुसँग काम गर्ने अवसर पाएको थिएँ । त्यही दौरानमा माइ लाईफको कलाकारहरुसँग पनि पहिला नै म्युजिक भिडियोहरुमा काम गरेको हुनाले सुटिङ्को दौरानमा त्यस्तो खास केहि समस्या अनि बाधाहरु त भएन । सुटिङ्को समय ३२ दिन थियो तर पनि त्यो ३२ दिन कसरी सकियो हामीलाई नै थाहा भएन । पारिवारिक वातावरणमा एकदम रमाइलो अनि मेहेनत गरेर सुटिङ् सकियो र त्यही मेहनतको फल अहिले पाउने समय आएको छ । तर चलचित्र रिलिज गर्न भने हामीले केहि दु:ख पायौं ।


फर्स्ट प्रोजेक्ट मै तपाईं नयाँ स्टार कास्टलाई लिनु भएको छ, रिस्क लागेन ?
अहिले ट्रेन्ड भनेको नयाँको नै छ । यदी आफ्नो काम राम्रो छ, स्टोरी राम्रो छ र त्यही स्टोरीमा डुबेर कलाकारहरुले काम गर्छन् भने पक्कै पनि मुभी राम्रो हुन्छ । माइ लाईफको कलाकार नयाँ भयता पनि उहाँहरुले राम्रो काम गर्नु भएको छ । त्यसैले दर्शकहरूले मनपराउनु हुन्छ भन्नेमा म ढुक्क छु ।

ओभरसिज रिलिज गर्ने क्रम बढ्दै गएको छ । माइ लाईफ कहाँ कहाँबाट रिलिज हुँदैछ ?
अहिले त माइ लाईफ मुभी चैत्र १० गते देखी अल नेपाल रिलिज हुँदै छ । त्यसपछी हङकङ, बेलायत, अस्ट्रेलिया, दुबइ, इजरायल, कोरियामा पनि रिलिज गर्ने तयारी गर्दैछौं ।