मिति : २०८२ ज्येष्ठ ४, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दुलही रानीलाई दर्शकको मनमा अन्माउने शोभितको तयारी

अर्पण ढकाल, धरान, 2012/03/18

इलामको शान्तिपुर जस्तो बिकट ठाउँमा गरिएको च्यारिटी हेरेका स्थानीय दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको बताउदै निर्देशक शोभित बस्नेतले दुलही रानी रिलिज भएपछि हरेक दर्शकले मनबाट आफ्नो चलचित्रलाई अन्माउने दाबी गरे । चलचित्रको प्रोमोसनको दौरान दमकमा योजना गरिएको पत्रकार सम्मेलन र स्थानीय संचारमाध्यममा दिएको अन्तर्वार्ताको क्रममा शोभितले सो कुराको दाबी गरेका हुन् ।

 

एकै बर्षमा धेरै चलचित्र निर्देशन गरेर गुणस्तरमा ध्यान दिनु हुन्न नि भन्ने पत्रकारको प्रश्नमा उनले छोटो समयमा समेत आफुले धेरै मेहनत लगाएर उत्कृष्ट एवं दर्शकले रुचाउने चलचित्र बनाउने र आफ्ना ६० प्रतिशत भन्दा बढी चलचित्र सफल भएको बताए । कुनै समय बालकलाकारमा जमेको आफ्नो छोरा सलोन बस्नेतलाई अब हिरो बनाउने बेला भएन र भन्ने अर्को प्रश्नमा सलोन अहिले अध्ययनमा ब्यस्त रहेको बताउदै डिग्री सकिएपछि मात्रै अर्को राजेश हमाल जन्माउने हिसाबमा चलचित्र उद्योगमा ल्याउने भनि शोभितले सटिक उत्तर दिए ।


चलचित्र पूर्वका लगभग दर्जन हल सहित देशभर ७२ वटा स्टेसनमा लाग्ने शोभितले बताए । पूर्वको बिर्तामोड, दमक, बिराटचोक, धरान लगायतका स्थानमा प्रोमोशन गरेर दुलही रानी यूनिट सर्लाही, हेटौडा, नारायणघाट हुदै यतिबेला बुटवल पुगेको छ । फिल्मी करियरमै पहिलो पल्ट आफुले यसरी चलचित्रको प्रोमोशनल टुर गरेको बताउदै चलचित्र दुलही रानीको सफलताबाट आफु आशावादी रहेको शोभितको कथन थियो ।

 

प्रोमोशनल यूनिटमा शोभितका अलवा चलचित्रका मुख्य नायक जयकिशन बस्नेत र नवनायक जीके शर्मा पनि रहेका छन् । रागिनी खड्की, मुकेश आचार्य, सबिना कार्की, पेशाला कटुवाल लगायतको समेत अभिनय रहेको चलचित्र चैत्र १७ बाट देशभर रिलिज हुदैछ ।