मिति : २०८२ ज्येष्ठ ४, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पाईरेसी गर्नेलाई २५ हजार जरिवाना सहित २४ दिन थुना

फिल्मीखबर , काठमाडौँ , 2012/03/18

नेपाली चलचित्रको सिडी बजारमा निस्कन नपाई पाईरेसी गर्ने नेपालगञ्जका चार सिडी पसलेलाई कारवाही गरिने भएको छ । छड्केका क्रममा निस्किएका चलचित्र विकास बोर्डका सदस्य निलहरी काफ्लेले दिएको जानकारी अनुसार पक्राउ गरिएका उक्त चार व्यवसायीलाई २४ दिन थुनामा राख्दै २५ हजार धरौटीमा राखिने भएको छ ।

नेपालगञ्जको धम्बोजी चौकबाट पक्राउ परेका नेपालगञ्ज नगरपालिका-५ का १९ बर्षिय आकाश गुप्ता, नेपालगञ्ज-१ का २१ बर्षिय पंकज गुप्ता, दाङ घोराई-११ का २४ द्रोणराज पौडेल र बर्दिया कालिका-२ का २२ बर्षिय जीवन अधिकारीलाई पाईेरेसी अनुगमनका सदस्यको रहोबरमा प्रहरीले पक्राउ गरी कारवाही प्रक्रिया अगाडी बढाएको छ । पक्राउ पर्नेहरूबाट प्रहरीले पसलबाट कम्प्युटर, हार्ड डिस्क, मेमोरी कार्ड, कार्ड रिडरको साथमा पाईरेटेड थुप्रै नेपाली फिल्महरू बरामद गरेको छ ।

पाईरेसीमा संलग्न व्यक्तिहरूलाई प्रतिलिपि ऐन २०५९ अनुसार कार्वाही हुने भएपनि पाईरेसी फिल्मका सम्बन्धित मान्छेहरूले बिगो नहाल्ने भएका कारण उनीहरूलाई २५ हजार जरिवाना सहित २४ दिन थुनामा राखिने बोर्ड सदस्य काफ्लेले फिल्मीखबरलाई जानकारी गराए । उनले भने, 'बिगो हाल्ने कोही आयो भने प्रतिलिपि ऐन २०५९ अनुसार भारी रकम क्षतीपूर्ती र लामो समय जेल बस्नु पर्छ तर बिगो हाल्ने कोही भएन भने प्रहरीले धरौटीमा छोडिदिन्छ ।'

आफ्नो फिल्म अन्दाज पनि पाईरेसी भएको खबर थाहा पाए पछि निर्माता छवि ओझा तीन छक्क परे । उनले भने, 'तीन दिन भयो भ्यालि बाहिर मेरो सिनेमाको भिसिडी निस्किएको र आजबाट भ्यालिमा निस्कएको छ । त्यसैले भारी रकममा बेचिएको कारण मेरो सिनेमा किनेको कम्पनीको माया लाग्यो ।' उनको सिनेमालाई शुलभ ईन्टरटेन्मेन्टले किनेको हो ।

अनुगमनमा निसिकिएका बोर्डका सदस्य निलहरी काफ्ले एवं सोही संस्थाबाट गठित पाईरेसी नियन्त्रण समितिका सदस्य विमल पौडेलको साथमा बोर्ड अध्यक्ष गणेश भण्डारी भोली सुर्खेत जाने भएका छन् । सुर्खेतमा गर्ने भनिएको राष्ट्रिय चलचित्र महोत्सवको तयारीका उनीहरू सुर्खेत जान लागेका हुन् । टोली शुक्रबार काठमाण्डौ फर्कने छ ।