Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

नयाँ बर्षमा रावण र मृगतृष्णाको प्रतिष्पर्धा

फिल्मीखबर, काठमाण्डौ, 2012/03/18

छबि ओझाले निर्माण गरेको चलचित्र 'रावण' र तुलसी घिमिरेले निर्देशन गरेको चलचित्र 'मृगतृष्णा' एकैसाथ रिलिज हुने भएका छन् । 'रावण' चार दिन अगाडी चैत्र २७ गते सोमबारका दिन रिलिज हुनेछ भने 'मृगतृष्णा' बैशाख १ गते शुक्रबारका दिन रिलिज हुनेछ ।

 

राजधानीमा चलचित्र शुक्रबार नै रिलिज गर्नुपर्ने सम्झौता रहेकाले बैशाख १ गते भने राजधानीमा दुई चलचित्र एकैसाथ प्रदर्शनमा आउनेछन् तर राजधानी बाहिर भने रावणले ४ दिन सम्म एकल रूपमा दर्शक तान्नेछ । त्यसपछिका दिनमा भने यि दुई फर्मुला चलचित्रको भिडन्त हुनेछ । भिडन्तमा तुलसी घिमिरे भर्सेज नयाँ निर्देशक कमलकृष्ण र बिराज भट्ट भर्सेज रेखा थापा हुनेछ ।

 

रेगुलर दर्शक लक्षित यि दुबै सिनेमाले आ-आफ्नै बिशेषता बोकेकाले पनि सफल हुने आश राखिएको छ । स्थापित व्यानर रेखा फिल्म्सले बनाएका हरेक चलचित्रले सफलता पाएको अवस्थामा रावणले पनि सफलता पाउने आश गरिएको छ भने तुलसी घिमिरे आफैमा ब्रान्ड भएकाले पनि 'मृगतृष्णा' ले दर्शकको मन जित्ने सक्ने बिश्वास लिईएको छ ।

 

कमलकृष्णले निर्देशन गरेको चलचित्र 'रावण' मा रेखाको साथमा सबिन श्रेष्ठ र किशोर खतिवडाले अभिनय गरेका छन् भने साई गायत्री फिल्म्सको व्यानरमा निर्माण भएको चलचित्र 'मृगतृष्णा' मा बिराजको साथमा कर्म, नन्दिता केसी, भारती घिमिरे, ध्रुब दत्त, हेमन्त बुढाथोकी लगायतले अभिनय गरेका छन् । 'मृगतृष्णा' को प्रिमियर भने सिक्किममा गरिने भएको छ । आगामी मार्च २२ तारिखका दिन सिक्किमको बज्र हलमा चलचित्रको भव्य समारोह बिच प्रिमियर गरिंदैछ ।

 

रावण र मृगतृष्णा नयाँ बर्ष लक्षित चलचित्र हुन् त्यसैले पनि यि दुईको भिडन्तलाई अहिले चासोको रूपमा पनि हेरिएको छ । हेरौं बाजी कस्ले मार्छ !