
फिल्मको टाईटल पढेर नाम पनि के राखेको भनेर अलि फरक विचार आयो होला तर यहि नाम हो जुन नामबाट अनपेक्षित सफलता पाउने विश्वास बोकेका छन् निर्देशक बिजय विक्रम बस्नेतले ।
पहिलो कमेडी सिनेमा नमस्ते रिलिज डेट पर्खर्दै दोस्रो कमेडी सिनेमा 'हात लाग्यो शून्य' को पनि राजधानी रिलिजलाई कुरेर बसेका बस्नेतले नयाँ सिनेमा निर्देशन गर्दैछन् जसको नाम 'तिमी देखि तिमी सम्म' हो । दुई वटा कमेडी फिल्म बनाईसक्नु भयो यो पनि त्यस्तै त होला नि भन्ने जिज्ञासामा उनले भने, 'विलकुलै फरक हो । एक शब्दले भन्नुपर्दा मेरो सिनेमा नारी प्रधान हो जहाँ नारी नै सिनेमाको हिरो हुने छे ।'
चैत्रको तेस्रो सातादेखि फ्लोरमा जाने तयारीका साथ विकास चौधरीको संगीतमा गित रेकर्डिङ कार्यमा ब्यस्त रहेका बस्नेतले सिनेमाका लागि गायिका मिलन अमात्य र दीपक लिम्बुको स्वरमा गीत रेकर्ड गराईसके भने माण्डवी त्रिपाठी वा रजिना रिमाल मध्ये एक जनालाई अर्को गित गाउन दिने बताए । सिक्किम, मिरिक तथा दार्जलिङको लोकेशनमा सुट हुने उक्त सिनेमामा ईलामका समिर खड्काको लगानी रहने छ ।
काष्ट फाईनल गर्न बाँकी रहेको सो सिनेमामा मेल क्यारेक्टर नयाँ रहने सम्भावना रहे पनि फिमेल तर्फ भने चलेकै अनुहार राख्ने निर्देशक बस्नेतले जानकारी गराए । बस्नेतले यस अघि निर्माण गरेको 'हात लाग्यो शून्य' मा राजेश हमाललाई मधेसी भूमिकामा प्रस्तुत गराउदा उनको चौतर्फी तारिफ भएको थियो । तसर्थ यो सिनेमामा चलेको हिरोईन लिने सोचाई बनाएका बस्नेतले कस्तो तारिफ पाउने हुन् हेर्न बाँकी छ ।