मिति : २०८१ वैशाख २५, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.50/5.00)
Text size:-
+
-

प्रोमो रिलिज : के म तिम्रो साथी बन्न सक्छु

फिल्मीखबर, काठमाण्डौ, 2012/03/17

आर्यन सिग्देल र दिप्ती गिरीको मुख्य अभिनय रहेको चलचित्र 'के म तिम्रो साथी बन्न सक्छु' को प्रोमो रिलिज गरिएको छ । प्रदर्शनको अन्तिम तयारीमा पुगेको सो चलचित्रको ४४ सेकेन्डको प्रोमोलाई फिल्मीखबर डटकमले एल्स्क्लुसिभ रूपमा प्रिमियर गरेको छ ।

 

यहि मार्च २५ तारिखका दिन मलेशियाको रवङमा प्रिमियर गर्न लागिएको सो चलचित्रलाई सबिर श्रेष्ठले निर्देशन गरेका हुन् । कृषा चौलागाईंले निर्माण गरेको प्रेमकथामा आधारित सो चलचित्र मलेशियाका बिभिन्न ८ सिटीमा चलचित्र रिलिज गरिंदैछ । कुशल भट्टराई, युवराज न्यौपाने र पूर्ण लिम्बुले मलेशियामा चलचित्र रिलिजको आयोजना गरेको मलेशिया पुगेकी निर्माता चौलागाईंले फिल्मीखबरलाई जानकारी गराईन् ।

 


मलेशियामा रिलिज भए लगत्तै चलचित्रलाई इजरायल, बैङकक, सिंगापुर र कतार रिलिज गरिनेछ । कतारमा भने फिल्मीखबर डटकमले नै चलचित्रको प्रिमियरको आयोजना गर्नेछ । सन्दिप सापकोटा, दिनेश डिसी, धिरेन शाक्य, टार्जन, शिशिर राणा लगायतले अभिनय गरेको सो चलचित्र नेपालमा पनि छिट्टै रिलिज गरिनेछ ।