मिति : २०८२ ज्येष्ठ ४, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

चौबन्दी चोलीमा ऋचाको डान्ससँगै लूटको प्रोमोशन

शैलेन्द्र कठायत, दोहा, 2012/03/17

शुक्रबार कतारमा रहेका नेपालीहरूलाई नेपालबाट आएका कलाकारहरूले भरपूर मनोरञ्जन प्रदान गरे । आदित्य राज प्रोडक्सनको प्रस्तुतीमा दोहा सिनेमा हलमा आयोजित ‘मनोरञ्जन साँगितीक संगम २०१२’ मा नायिका ऋचा शर्माले इन्दिरा जोशीको गीत चौबन्दी चोलीमा आफ्नो आकर्षक नृत्य प्रस्तुत गरिन् । नृत्य गर्नु पूर्व केहि नर्भस देखिएकी ऋचा स्टेजमा पुगेपछि भने दर्शकलाई चौबन्दीको तालमा दर्शकलाई तताउन सफल भईन् ।

 

नायिका शर्माले नृत्यसँगै आफू अभिनित ब्लकबस्टर चलचित्र 'लूट' को प्रोमोशन समेत गर्न भ्याईन् । २३ मार्चका दिन कतारमा रिलिज हुन लागेको आफ्नो चलचित्रलाई हेरिदिन कार्यक्रममा उपस्थित दर्शकलाई ऋचाले आग्रह गरिन् । साथै निर्देशक निश्चल बस्नेतले पनि आफ्नो पहिलो चलचित्र हेरिदिन आग्रह गरे । दर्शकहरूको अत्याधिक डिमान्ड रहेकाले नायिकाको साथमा आफू स्वयं लूटको बिशेष शोमा सहभागी भएको निश्चलले बताए ।

 

यसैगरी कार्यक्रममा गायिका माण्डबी त्रिपाठीले चलचित्र 'अन्दाज' को सिम्पल सिम्पल कान्छिको गीत सुनाएर दर्शकलाई मनोरञ्जन प्रदान गरिन् । यस्तै हाँस्यकलाकार जीतु नेपालले पनि आफ्नो प्रस्तुतीले दर्शकलाई हँसाए । कतारको समयअनुसार दिउँसो ३ बजे तिर शुरू भएको शो कार्यक्रममा गायक हेमन्त रानाले पनि दर्शकलाई आफ्ना चर्चित गीत गाएर मनोरञ्जन प्रदान गरेका थिए । ज्योती श्रेष्ठले सञ्चालन गरेको कार्यक्रम बेलुका करिब साढे छ बजे तिर सकिएको थियो ।

 

नायिका ऋचा शर्मा र निर्देशक निश्चल बस्नेत 'लूट' को प्रदर्शनका लागि अझै एक साता कतार बस्नेछन् भने अन्य कलाकार भोली नै नेपाल फर्कने छन् ।